+
+
Shares

विजय गच्छदार बने कांग्रेस संसदीय दलको उपनेता

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २१ गते १६:५१

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको उपनेतामा विजयकुमार गच्छदार चयन भएका छन् ।

पार्टी सभापति एवं संसदीय दलका नेता देउवाले गच्छदारलाई उपनेता बनाएका हुन् । कांग्रेस नेता बालकृष्ण खाँडले गच्छदार दलको उपनेता बनेको पुष्टि गरे ।

दलको नेताका लागि भएको चुनावमा गच्छदार देउवाका प्रस्तावक थिए । देउवा सोमबार मात्र दलको नेता चुनिएका थिए ।

कांग्रेस संसदीय दलको उपनेता बनेका गच्छदारले चुनावको मुखमा फोरम लोकतान्त्रिकलाई कांग्रेसमा विलय गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?