Comments Add Comment

कहिले खुवाउने बच्चालाई दुध र दही ?

चिकित्सकको सल्लाह अनुसार नवजात शिशुलाई ६ महिनासम्म आमाकै दुध खुवाउने गरिन्छ । ६ महिनाको पुगेपछि भने बच्चालाई अन्य पोषणयुक्त खानेकुरा खुवाउन थालिन्छ । भर्खर ६ महिनाको बच्चालाई कस्तो खानेकुरा खुवाउने ? अधिकांश अभिभावकको चिन्ता हुन्छ,

नवजात शिशुको सही पोषणका लागि दूध तथा दूधबाट बनेका परिकार उत्तम हुन्छ । दुधका परिकारमा प्रशस्त मात्रामा प्रोटिन, क्याल्सियम, फ्याटलगायतका तत्व हुन्छन् । शिशुको शरीर र खासगरी हड्डीको विकासका लागि प्रोटिन र क्याल्सियम अपरिहार्य छ । बच्चालाई गोरस कतिबेला खुवाउने ? कसरी खुवाउने ? त्यसबारेमा केही टिप्स :

गाईको दूध : एक वर्षपछि

शिशु एक वर्षको नहुदाँसम्म उनीहरुलाई गाईको दूध खुवाउनु हुँदैन । त्यसबाट उनीहरुमा आइरनको कमी, एलर्जी तथा डिहाईड्रेसनलगायतका समस्या देखिनसक्छन् । गाइको दुध पचाउन पनि बच्चालाई कठिनाइ हुन्छ । सोही कारण चिकित्सक हरेक अभिभावकलाई शिशु एक वर्षको भएपछि मात्र गाईको दूध खुवाउन सल्लाह दिन्छन् । पौष्टिक तथा फ्याटयुक्त गाईको दूध शिशुको मस्तिष्क विकासका लागि आवश्यक छ । गाइर्को दूधमा भरपूर मात्रामा क्याल्सियम, भिटामिन ‘डी’ पाइन्छ, जुन बच्चाहरुको दाँत तथा हड्डीको विकासका लागि निकै जरुरी मानिन्छ ।

दही : आठ महिनापछि

कुनै पनि शिशु आठ महिनाको भएपछि उनीहरुलाई दही र त्यसबाट बनेका पदार्थ खुवाउन सकिन्छ । दहीमा प्रोटिन, फ्याट, क्याल्सियम, पोटोसियमलगायतका तत्व प्रशस्त मात्रामा पाइन्छन् । जसले शिशुको पेटलाई स्वस्थ राख्छ । शिशुलाई दहीको एलर्जी, एक्जिमा वा आस्थमाको समस्या छ भने चाहिँ उमेर बढेपछि मात्र दही खुवाउँदा बेस । अन्यथा दहीले शिशुमा विभिन्न प्रकारका एलर्जी ल्याउनसक्छ ।

चीज  : आठ महिनापछि

शिशुलाई आमाको दूधका साथै फर्मूला दूध खुवाउँदै हुनुहुन्छ र त्यसले बच्चामा कुनै एलर्जी गराएको छैन भने तपाई आˆना शिशुलाई चीज पनि ख्वाउन सक्नुहुन्छ । विशेषगरी, शिशु आठ महिनाको भएसँगै अभिभावकले आˆना शिशुलाई चीज खुवाउन सक्नुहुन्छ । सखरखण्ड पनि ख्वाउन सक्नुहुन्छ ।

एलर्जी छ भने ?

यदी परिवारका कुनै सदस्यलाई दूध या दुधबाट बनेका परिकारका कारण एलर्जीको समस्या छ भने त्यस्तो परिवारमा जन्मेका बच्चाहरुलाई एक वर्षको नहुदाँसम्म गाई या भैंसीको दूध नखुवाउनु नै उपर्युक्त हुन्छ । परिवारका अन्य कुनै सदस्यलाई यस किसिमको समस्या छैन र बच्चालाई लगातार तीन दिनसम्म दूध खुवाउँदा पनि उसमा कुनै पनि समस्या देखिएन भने चाहिँ ढुक्कसँग खुवाउँदा हुन्छ ।

एलर्जीका केही लक्षण

-आँखा तथा ओठ सुन्निनु ।

-शरीरमा रातो चक्काजस्तो दाग देखिनु ।

-कुनै पनि खाना खाएको दुई घण्टापछि उल्टी हुनु ।

यी लक्षण देखिए तुरुन्तै दूधबाट बनेका परिकार बन्द गरी चिकित्सकलाई देखाउनु उपर्युक्त हुन्छ ।

उपचार विधि

बच्चालाई दूध र त्यसबाट बनेका पदार्थका कारण कुनै पनि समस्या देखिए तुरुन्तै पिसाबको जाँच गराउनु पर्छ । पिसाबमा एमिनो एसिड वा व्लड प्लाज्मा देखिएको छ भने बच्चा यो समस्याबाट पिडित छन् भन्ने बुझीन्छ । व्लड सुगरमा देखिएको असामान्य गिरावटद्धारा पनि यो रोगबारे थाहा पाउन सकिन्छ । त्यस्तै, पेटमा भएको तरल पदार्थको उपस्थितिद्धारा पनि यो रोगको पुष्टि गर्न सकिन्छ र सोही बमोजिम उपचार गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment