Comments Add Comment

नाइजेरियामा किसान र गोठालाबीच झडप, १० जनाको ज्यान गयो


२२ फागुन, काठमाडौं । नाइजेरियामा किसान र गोठालाबीच भएको झडपमा कम्तीमा १० जनाको ज्यान गएको छ ।

नाइजेरियाको पूर्वी क्षेत्रमा केही दिनदेखि भइरहेको झडपका क्रममा उनीहरुको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ताराबा राज्यको माम्बीला जिल्लामा पर्ने एक गाँउमा गत बिहीबारबाट सुरु भएको झडप हप्तान्तसम्म पनि जारी रह्यो ।

‘किसान र गोठालाबीच माम्बीलामा भएको झडपमा परी दश जनाको मृत्यु भएको छ’, प्रदेश प्रहरीका प्रवक्ता डाभीड मिसालले भनेका छन् ।

उनले घटनास्थलमा सुरक्षा व्यवस्था कायम राख्न सुरक्षा कारबाही बढाइएको र उच्च सतर्कता अपनाइएको पनि जानकारी दिए ।

नाइजेरियाका विभिन्न ठाँउमा लामो समय देखिभूमि र पानी अधिकारका विषयमा किसान र गोठालाकाबीचमा विवाद हुदै आएको छ ।

झडपका क्रममा थुप्रै घरहरुमा समेत क्षति पुगेको प्रहरी प्रवक्ता मिसालले जानकारी दिए ।

उनीहरुको आन्तरिक झगडाले उग्ररुप लिँदा यस्तो अवस्था आएको स्थानीयवासीको भनाइ छ । यस क्रममा कैयौँ चौपाया पनि मारिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment