Comments Add Comment

पार्टीमा फर्कन बाबुरामलाई प्रचण्डको आहृवान


२२ फागुन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसहकर्मी डा. बाबुराम भट्टराईलाई पार्टीमा र्फकन आहृवान गरेका छन्

भट्टराई हिँडेको बाटो गलत भएको उनको दाबी छ । नयाँ शक्ति पार्टी, नेपालका नेता खिमलाल देवकोटालाई पार्टी प्रवेश गराउँदै माओवादी अध्यक्ष प्रचण्डले भट्टराईलाई लाज नमानी पार्टीमा प्रवेश गर्न भट्टराईसँग आग्रह गरे ।

उनले अघि भने, मनासय उहाँको राम्रो गर्छु भन्ने होला । तर, बाबुरामजी जसरी हिँड्नु भएको छ, त्यो गलत छ । त्यो तरिकाले उहाँ आफैं दलदलमा फस्ने बाहेक केही हुँदैन ।’

डिब्बा जत्ति छाडेर इन्जिन मात्र लिएर हिँडेको भन्दै उनले भने, उहाँले डिब्बा र सामान छाडेर हिड्नु भयो । जनता, कार्यकर्ता र आफ्नै रगत पसिनाबाट जन्मिएका सारा उपलब्धी छाडेर अर्को केही गर्छु भन्ने मनोगत हो ।’

जनमत निर्माणमा बुद्धिजिवीहरु धेरै ठूलो भूमिका खेल्ने तर, बेलाबेला उनीहरुमा देखिने अवसरवाद र चरम महत्वकांक्षा डरलाग्दो हुने उनले बताए ।

‘बाबुरामजी प्रति मेरो कुनै घृणा छैन । घृणा हुन्थ्यो भने २५ वर्षसम्म झेलेर बोकेर हिँड्न सम्भव थिएन’ प्रचण्डले भने, ‘बाबुरामजीलाई अलि लाज लाग्छ । लाज मान्न पर्दैन, आफ्नै साथीहरुसँग आउन किन लाज मान्नु पर्‍यो ?’

माओवादी केन्द्र प्रवेश गरेका देवकोटाले मुलुकलाई स्थायित्व र विकास दिने भएकाले पार्टीमा फर्किएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment