+
+
Shares

संसद् र स्थानीय तहको महिला प्रतिनिधित्व विश्वकै लागि प्रेरणादायीः प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २४ गते ८:४५


२४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्, प्रदेशसभा र स्थानीय तहमा भएको महिला प्रतिनिधित्व विश्वकै लागि प्ररणादायी भएको छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले महिलाले सामाजिक वा कानुनी रुपबाट भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भीर रहेको बताए ।

‘नेपालको संघीय संसदमा ३३ प्रतिशत भन्दा बढी, प्रदेशसभामा ३४ प्रतिशतभन्दा बढी र स्थानीय तहमा ४० प्रतिशत भन्दा बढी महिला प्रतिनिधिहरु निर्वाचित हुनु विश्वकै लागि प्रेरणादायी कुरा हो’, शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘महिला हक अधिकार प्राप्तिका लािग संविधान, विभिन्न अन्तराष्ट्रिय महासन्धिहरुको पालनामा सरकार गम्भीर छ ।’

प्रधानमन्त्री ओलीले सामाजिक पछौटेपन,अन्धविश्वास, कुरिती र त्यसबाट महिलाहरुले भोग्नु परेका समस्या अन्त्यका लागि सरकारले विभिन्न प्रयास जारी राख्ने समेत बताए ।

गुणस्तरीय शिक्षा,आधारभुत स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा महिलाको पहुँच अझै पनि न्यून भएको भन्दै प्रधानमन्त्री ओलीले सुधारका लागि सबै सरोकारवाला निकायहरुको प्रभावकारी भूमिका  आवश्यक भएकाे बताए ।

नीति निर्माण तहमा महिलाको संख्या बढाउन संवैधानिक रुपमा विशेष प्रावधान राखिएको र महिला सशक्तीकरणका लागि त्यो महत्त्वपूर्ण फड्को भएको प्रधानमन्त्रीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?