+
+

अन्तर्राष्ट्रिय झापाली समाजले बाढीपीडितका घर बनाइदिने

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २४ गते ११:४१

८ मार्च यूएई । अन्तर्राष्ट्रिय झापाली समाजले बाढीपीडितहरुका लागि ९ वटा पक्की घर निर्माण गरिदिने भएको छ ।

कमल नगरपालिका-१ मा करिब ४० लाख लगानीमा ९ परिवारलाई एकरएक वटा घर निर्माण गर्न सम्पूर्ण कानुनी प्रक्रिया पूरा भएको झापाली समाज यूएईका अध्यक्ष तथा अन्तर्राष्ट्रिय झापाली समाजका महासचिव रोहित भण्डारीले जानकारी दिए ।

गत वर्षायाममा समाजले झापाका विभिन्न स्थानमा पुगेर बाढीबाट प्रभावित पीडितहरुलाई जिल्ला प्रशासन कार्यलय झापाको रोहबर र नेपाल रेडक्रस सोसाइटी झापा शाखाको सहकार्यमा तीन चरणमा करिब १० लाख रुपैयाँ बराबरको राहत बितरण गरेको थियो ।

उक्त समयमा घोषणा गरिए अनुसारै आवास निमार्णको काम शुरु गर्न लागिएको अष्ट्रेलियामा रहेका समाजका अध्यक्ष दिनेश पोखरेलले जानकारी दिए ।

अन्तर्राष्ट्रिय झापाली समाजको संजालमा अस्ट्रेलिया, कोरिया, यूएई, इजरायल, कुवेत, जापान, कतार, हङकङ, बेल्जियम, अमेरिका, बहराइन, लक्जेम्बर, नेदरल्यान्ड, जर्मनी, साइप्रस, इङ्ल्यान्ड, क्यानडा र मलेसिया लगायतका देशहरुमा सक्रिय झापाली समूहहरु रहेका छन ।

युके र अमेरिकी देशमा रहेका झापाली समाजहरु पनि संजालमा आवद्ध हुने प्रक्रियामा रहेको र आफ्नो कार्यकालमा ४० देशमा अन्तर्राष्ट्रिय झापाली समाजको क्षेत्र विस्तार गरिने अध्यक्ष पोखरेलले अनलाइनखबरलाई बताएका छन् ।

उक्त आवास निर्माणका लागि झापाली समाजको बैठकले विभिन्न देशहरूबाट रोजगारीपछी झापा फर्किएका १५ जनाको भवन निर्माण सहयोग समिति गठन गरेको छ ।

समितिको गत सोमबार झापाको सुरुङ्गामा बसेको बैठकले कार्यविभाजन गर्दै प्रकाश प्रसाईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा लक्ष्मी सुब्बा, सचिवमा केशव श्रेष्ठ, सह-सचिबमा भरत शिवाकोटी र कोषाध्यक्षमा ललितचन्द्र बजगाँईलाई चयन गरिएको छ भने सदस्यहरुमा क्रमश शिवकुमार मेन्याङबो, मिनप्रकाश उप्रेती, चैतन्य मैनाली, लेखनाथ खतिवडा, भोला थापा, काशी लामा, शुशिलकुमार मैनाली, फुलकुमार धमला र प्रदिपकुमार संग्रौला रहेका छन । यो समितिले स्थानीय तहमा घर निर्माणका लागि केन्द्रको समन्वयमा काम गर्ने बताइएको छ ।

विश्वभरिका मनकारी झापालीहरुको आर्थिक सहयोगमा बिस्थापितहरुको लागि पक्की घर निर्माण गर्न लागिएको हो । कुल तीन कट्ठा क्षेत्रफल रहेको जग्गामा निर्माण हुने १० वटा घरको प्रतिघर लागत झन्डै ४ लाख लाग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?