Comments Add Comment

स्कटल्यान्डविरुद्ध कप्तान पारसको अर्धशतक, नेपालले सय रन कटायो

२४ फागुन, काठमाडाैं । विश्वकप छनोट क्रिकेट अन्तरगत स्कटल्यान्ड विरुद्धको खेलमा पारस खड्काले अर्द्धशतक प्रहार गरेका छन् । यद्यपि अन्य ब्याट्सम्यानले उनलाई गतिलो साथ नदिँदा नेपाल संकटग्रस्त अवस्थामा छ ।

पोजिटिभ इनिङ खेलिरहेका पारसले ६६ बलमा आफ्नो अर्द्धसतक पुरा गरेका थिए । उनले अहिलेसम्म ८ चौका प्रहार गरिसकेका छन् ।

उनलाई राम्रो साथ दिइरहेका सोमपाल कामी भने दुर्भाग्यपूर्णरुपमा रन आउट भए । उनले ५४ बलमा १८ रन बनाए । यतिबेला क्रिजमा पारस र रोहित पौडेल संघर्षरत छन् । ६ विकेट गुमाएको नेपालको स्कोर सय रन क्रस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment