Comments Add Comment

पुरुष भएको ठाउँमा भित्री वष्त्र किन्दिनँः जानकी तारमी मगर


लोकगायनको क्षेत्रमा चलेकी कलाकार हुन् जानकी तारमी मगर । दर्जनौ चर्चित लोकगीत गाएकी जानकी स्टेज शोमा पनि उत्तिकै ब्यस्त छिन् । आफुलाई ‘सिम्पल’ ठान्ने जानकीलाई पहिरनको खासै सौख छैन । प्रायः कार्यक्रममा उनी साडी लगाएर नै प्रस्तुत हुन्छिन् । सुहाउँदो लुगा भेटेमा फुटपाथमा पनि किन्ने उनी बताउँछिन् । प्रस्तुत जानकीसँग गरिएको पहिरन संवादः

तपाईंलाई मन पर्ने र सुहाउने पहिरन के हो ?
मलाई एकदमै सुहाउने साडी हो । साडी लगाउन मलाई हेल्प चाहिदैन । मेकअपसहित दुई घण्टामा रेडी हुन्छु ।

तपाईंलाई आवश्यक लुगा आफैंले किन्नुहुन्छ कि अरुले किनिदिन्छ ?
प्राय म आफ्नो लुगा आफैं किन्दै आएको छु । बजार जाँदा दिदी र बहिनीहरुलाई साथी लिएर जान्छु ।

अहिलेसम्म किनेको महंगो लुगा ?
नभनौं होला त्यो त । म त्यस्तो महंगो फेशनको पारखी हैन । मन पर्ने ड्रेस पाएँ भने जुन पनि किनिदिन्छु ।

प्रोग्रामहरुमा जाँदा कुन ड्रेस लगाउनुहुन्छ ?
भ्याएसम्म साडी नै लगाउँछु । पार्टीमा पनि साडी नै मनपर्छ । तर, साडी लगाउन धेरै बेर लाग्ने भएकाले कहिले काँही स्टेजमा पाइन्ट लगाएर पनि गाउनुपर्ने वाध्यता हुन्छ ।

नयाँ–नयाँ फेसनबारे कसरी जानकारी लिनुहुन्छ ?
कतिपय ड्रेसको जानकारी त बुटिकले दिन्छ । बजारतिर हिँड्दा आफुलाई सुहाउने खालको देखेँ भने पनि किन्छु । इन्टरनेट र टेलिभिजन कार्यक्रमले पनि फेशनवारे जानकारी दिन्छ ।

आफूलाई कत्तिको फेसनेबल ठान्नुहुन्छ ?
म त्यस्तो फेसनेवल हैन । आफूलाई सुहाउने लुगा लगाउँछु ।

कुन लुगा कम्फर्टेबल लाग्छ ?
कम्फटेवल चाहीँ वानपिस लाग्छ । तर, सबै ठाउँमा वानपिस लगाउँदिन ।

तपाईंले नियमित लुगा किन्ने ठाउँ कुन हो ?
म प्राय पिपल्स प्लाजामा जान्छु । त्यहाँ भनेजस्तो पहिरन पाइन्छ ।

लुगा किन्दा के–के कुरा विचार गर्नुहुन्छ ?
सबैभन्दा पहिला त आफुलाई फिट हुने खालको चाहियो । त्यहि हेर्छु ।

कुन रंगको लुगा तपाईंलाई सुहाउँछ ?
खै, किन हो मलाई त साथीहरुले जस्तो पनि सुहाउँछ भन्छन् । मलाई चाहीँ पहिला ह्वाइट ब्लु मनपथ्र्यो । अहिले पिंक पनि मन पर्न थालेको छ ।

लुगा उपहार कत्तिको आउँछन् ?
बाहिरतिर कार्यक्रममा गएको वेला कहिलेकाहीँ आउँछ । तर, त्यस्तो धेरै आउदैन ।

विदेश जाँदा कत्तिको लुगा किन्नुभएको छ ?
खासै त्यति धेरै किन्दिन । कहिलेकाँँही चाहीँ किन्छु ।

भित्री वस्त्र किन्न कत्तिको लाज लाग्छ ?
त्यस्तो कपडा किन्दा प्रायः महिला भएको पसलमा जान्छु । पुरुष भएको ठाउँमा किन्दिनँ ।

तपाईंसँग जुत्ताहरु कति छन् ?
होलान्, ७-८ जोर जति ।

अहिलेसम्म लगाएको महंगो जुत्ता ?
अस्ति कार्यक्रमका लागि लण्डन गएको वेला गाउँकै एकजना दाईले किन्दिनु भएको थियो । नेपाली १६ हजार जति परेको थियो ।

फुटपाथमा लुगा-जुत्ता किन्नुभएको छ कि छैन ?
किन्छु । मलाई सुहाउने खालको भेटेँ भने फुटपाथमा पनि किन्छु । फुटपाथमा किनेको थुप्रै लुगा छ मसँग ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment