Comments Add Comment

सभामुखमा कांग्रेसले उम्मेदवारी नदिने, उपसभामुख छाड्न वाम गठबन्धनलाई आग्रह

२५ फागुन, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने भएको छ ।

सत्तारुढ गठबन्धनबाट माओवादी सांसद कृष्णबहादुर महराले उम्मेदवारी दर्ता गरेका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभामुखमा महराविरुद्ध उम्मेदवार नउठाइने बताए ।

महरातर्फ संकेत गर्दै उनले भनेका छन्, ‘सभामुखको सालिन व्यक्तित्व र सन्तुलित व्यवहारले संसद र संसदीय पद्धतिको गरिमा अभिवृद्धि हुने विश्वास लिएका छौं ।’

कांग्रेसले राष्ट्रपतिमा विद्या भण्डारीविरुद्ध कुमारी लक्ष्मी राईलाई उम्मेदवार बनाएको छ ।

भण्डारीको पहिलो कार्यकालको भूमिका सन्तुलित नभएकाले हार निश्चित हुँदा हुँदै आफ्नो असहमति दर्ज गर्न उम्मेदवारी दिनु परेको उसको तर्क छ ।

सभासभामुख एमाले–माओवादी बाहिरबाट हुनुपर्छ

कांग्रेस नेताहरुले उपसभामुख एमाले–माओवादीबाहेकका दलबाट हुनु पर्ने बताएका छन् ।

कांग्रेस नेता मिनेन्द्र रिजाल भन्छन्, ‘एमाले र माओवादीबीच एकता गर्ने सहमति भइसकेकाले उपसभामुख उहाँहरुले लिनुहुन्न । कांग्रेसलाई नदिए पनि अरुलाई दिनुपर्छ ।’

वाम गठबन्धनमा पनि उपसभामुख लिन नहुने मत छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली त्यसमा सहमत नदेखिएको गठबन्धनका एक नेताले बताएका छन् ।

संविधानमा सभामुख र उपसभामुख फरक लिङ्ग र दलबाट हुने उल्लेख छ । प्रतिनिधिसभा र निर्वाचन आयोगमा अहिलेसम्म एमाले र माओवादी फरक–फरक पार्टी हुन् । त्यसले सभामुख र उपसभामुख उनीहरुले लिन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment