Comments Add Comment

भरतपुर महानगरमा व्यवसाय कर उठाउन ७ टोली परिचालन

२५ फागुन, चितवन । चितवनको भरतपुर महानगरपालिकाले व्यवसाय कर उठाउन आजबाट ७ टोली परिचालन गरेको छ ।

प्रक्षेपण गरिएको ६४ करोडको आन्तरिक आय उठाउन महानगरपालिकाले नगरकार्यपालिका सदस्यहरुलाई संयोजक तोकेर टोली खटाएको हो ।

एक टोलीमा ५ जना सदस्य छन् । महानगरले चालु आवको फाल्गुणसम्म १५ करोड मात्रै आन्तरिक आम्दानी गर्न सकेको लेखा अधिकृत जगन्नाथ आर्यालले जानकारी दिए ।

आर्यालका अनुसार परिचालित टोलीले व्यवसाय कर उठाउने, नविकरण नगर्ने व्यवसायीहरको नविकरण गर्ने र करको दायारामा ल्याउन जनचेतनामूलक कार्यक्रम गर्ने गर्नेछ । महानगरले हालैं ५ देखि २ सय प्रतिशतसम्म व्यवसाय कर बढाएको छ ।

करलाई वैज्ञानिक र समय सापेक्ष बनाउन यस्तो निर्णय गरिएको आर्यालको दावी छ ।

परिचालित टोलीले व्यवसाय करका बारेमा जनताको धारणा, जिज्ञासा र सुझावहरु पनि संकलन गर्नेछ । टोलीले ३ देखि ५ वटासम्म वडासम्म हेर्नेछ ।

हाल एक महिनाका लागि खटाइएको टोलीको रिर्पोट र कार्य सम्पादनको स्तरहेरी चरण चरणमा कार्यक्रम गरिने लेखा अधिकृत आर्यालले अनलाइनखबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment