Comments Add Comment

‘भैरे’को ‘सान्नानीलार्ई’ गीत रिलिज, भिडियो पावरफूल तर अडियो…


आउँदो बर्षको भदौमा प्रदर्शन मिति तय गरिएको चलचित्र ‘भैरे’को लोकलयमा आधारित गीत ‘सान्नानीलाई’ सार्वजनिक गरिएको छ । काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रदर्शन मिति भन्दा करिब आधा बर्ष अगाडि नै गीत रिलिज गरिएको हो ।
बसन्त सापकोटाको शब्द तथा संगीत रहेको यो गीतमा बसन्त, यम बराज र मेलिना राइको स्वर छ ।

गीतमा चलचित्रका मुख्य कलाकार बुद्धि तामाङ, बर्षा सिवाकोटी र विक्रान्त बस्नेतलाई फिचरिङ गरिएको छ । भिडियोमा बर्षा केहि मोटी देखिएकी छिन् । चलचित्रमा दयाहाङ राई, सुरक्षा पन्तको पनि मुख्य भूमिका छ । चलचित्रलाई एभरेष्ट सूर्य बोहरले निर्देशन गरेका हुन् ।

यो भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । भिडियोको कोरियोग्राफी उत्कृष्ट छ । छायांकार पुरुषोत्तम प्रधान र कोरियोग्राफर कविराजको ट्यूनिङ भिडियोमा गज्जबको देखिएको छ । तर, गीतको अडियो सुन्ने वित्तिकै मुखमा झुन्डने खालको छैन । यो गीतको अडियो औषत छ ।

बनिष शाहको सम्पादन रहेको यो चलचित्रमा प्रेम प्रसाद पौडेल, देविमाया अधिकारीको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment