Comments Add Comment

कतै श्रीमती आफूसँग दिक्क पो भैसकेकी छिन् कि ?

सफल दाम्पत्य जीवनका लागि सतर्कता

वैवाहिक सम्बन्धलाई सम्झौताको सम्बन्ध मानिन्छ । यो सम्बन्धमा दुई पक्षबीचको समझदारी मात्र पर्याप्त हुँदैन, यसले एकअर्काबीचको प्रेम, अपनत्व एवं विशेष किसिमको भावनात्मक सूत्रको अपेक्षा गर्छ । कतिपय अवस्थामा सबै कुरा हुँदाहुँदै पनि केही त्यस्ता कुराहरूको कारण सम्बन्धमा समस्या सिर्जना हुनसक्छ, सम्बन्ध जसोतसो चलाइए पनि त्यो जीवन्त हुँदैन ।

कतै श्रीमती आफूसँग दिक्क भैसकेकी पो छिन् कि ? पहिलेजस्तो आफूप्रति आकर्षित छैनन् कि ? कसरी थाहा पाउने ? केही उपाय छन्ः

स्वाभाविक प्रेमको अभाव हुनु

के तपाईंलाई याद छ, श्रीमतीको प्रेमिल हेराइ ? के उनको आँखा अहिले पनि उसैगरी चम्कन्छ जसरी कुनै बेला तपाईंले चुटकिला सुनाएपछि हाँसोसँगै चम्कन्थ्यो । बिहान दुवैजना सँगै उठ्दा उनको  ओठमा पहिलेझैं मुस्कान फक्रन्छ ? तपाईको जवाफ हो वा छ आउँछ भने एक पटक मज्जाले नाच्नुस् किनभने तपाईंहरूको दाम्पत्य जीवन सफल छ, वैवाहिक सम्बन्ध सुरक्षित छ । तर, तपाईंको जवाफ होइन वा छैन मा आयो भने ख्याल गर्नुहोस् । सुन्दाखेरी आश्चर्य त लाग्ला तर चकित नहुनुहोस् किनभने अब तपाईको श्रीमतीले पहिलेजस्तो प्रेम गर्नुहुन्न ।

घर तथा बालबच्चाका विषयमा मात्र सीमित हुनु

यी संकेत ससाना हुन्छन् र सामान्यतः यिनीहरूप्रति त्यति ध्यान दिइँदैन । जसै समय चिप्लँदै जान्छ, घर तथा अफिसको काममा डुब्न थालिन्छ र श्रीमान्-श्रीमतीबीच एकअर्काका लागि समय दिन असमर्थ भइन्छ । घरव्यवहार तथा बालबच्चाका कुराका अतिरिक्त अन्य समस्याका विषयमा छलफल हुन्छ तर दम्पतीका निजी जीवनसँग सरोकार रहेका विषयले कुराकानीमा समेत प्रवेश पाउन मुस्किल पर्छ । फलतः प्रेम विषयक चर्चा नहुँदानहुँदै आपसी सम्बन्ध निष्प्राण बन्न पुग्छ ।

पहिलेजस्तो प्रेम व्यक्त गर्दाको अवस्थामा हुने जोस, घबराहट एवं आत्मीय झनझनाहट सेलाउनपुग्छ अनि सम्बन्ध बोझ बन्न थाल्छ । यसरी श्रीमतीले प्रेम गर्न छोडिन् र वैवाहिक जीवनबाट सन्तुष्ट भइनन् भने सम्बन्धमा धोका हुने सम्भावना वृद्धि हुन्छ । अतः समय छँदै चनाखो भएर यस्तो स्थिति पैदा हुने अवस्था आउन नदिनु नै बुद्धिमानी हुन्छ । तपाईले एक पटक आफ्नो समस्या पहिचान गर्नुभयो भने त्यसलाई सुधार्ने प्रयास गर्न सक्नुहुन्छ र आफ्नो दाम्पत्य जीवनलाई पहिलेकै जस्तो सुमधुर बनाउन सक्नुहुन्छ ।

कुराकानी नगर्नु

आपसी सञ्चार कुनै पनि सम्बन्धका लागि अपरिहार्य मानिन्छ । स्वस्थ सम्बन्धमा बाँधिएका जोडीहरू आफ्नो जीवनका हरेक कुरा एकअर्कासँग व्यक्त गर्छन् । उनीहरूको कुराकानीका क्रममा एकअर्काको साथमा कस्तो महसुस गर्छन्, एकअर्कासँग कति प्रेम गर्छन् भन्ने कुरा प्रकट हुन्छ । यसबाट भावनात्मक एवं शारीरिक सम्बन्धको डोरी कसिलो हुन थाल्छ ।

तर, श्रीमान्-श्रीमतीका बीच बालबच्चा तथा घरखर्चको कुरा मात्रै हुन थाल्यो भने बुझ्नुहोस्- अब सम्बन्ध दिगो हुन सक्दैन, जीवनसाथी तपाई प्रति आकर्षिर्त छैनन् । यस्तो स्थितिमा तुरुन्तै सम्हालिएर सम्बन्धलाई लाइनमा ल्याउनु आवश्यक छ । त्यसका लागि तपाईं उनलाई कति प्रेम गर्नुहुन्छ त्यो बताउनुपर्छ । यति गरे बिग्रन आँटिसकेको सम्बन्ध निश्चय नै ठीक बाटोमा आउनेछ ।

सदैव आफैंमा व्यस्त रहनु 

जीवनसाथी प्रायः आफैंमा डुबिरहन्छिन् भने सचेत हुनपर्छ । जीवनसाथीको अर्थ नै एकअर्काको ख्याल राख्नु हो । तर उनी केवल आफ्नै हितका विषयमा सोचमग्न हुन्छिन् भने बुझ्नुपर्छ कि अब उनका लागि यो सम्बन्धमा प्रेमका निम्ति कुनै स्थान छैन ।

उनी समय-समयमा तपाईंलाई अपमानित गर्छिन् भने होच्याउन पाइने कुनै पनि क्षण गुमाउँदिनन् । जब कि प्रेमपूर्ण सम्बन्धको पहिलो शर्त नै आपसी सम्मान हो ।  यसरी सम्मानका स्थानमा अपमान प्राप्त हुन थाल्यो भने बुझ्नुहोस्- तपाईंको दाम्पत्य जीवन धरापमा छ, तपाईहरूको सम्बन्धमा सर्वथा प्रेमको अभाव छ, जुन तपाईंका लागि खतराको घन्टी हो ।

तपाईंलाई बदल्नु

विवाहपछि सबैमा परिवर्तन आउँछ, सामान्यतः यस्तो परिवर्तन सकारात्मक नै हुने गर्छन् । हरेक राम्रा पार्टनरले दाम्पत्य सम्बन्धका लागि योगदान दिन्छन् र आफ्नो साथीअनुसार आफूलाई बदल्ने प्रयास गर्छन् जुन आपसी सम्बन्धमा प्रेम छ भने मात्रै सम्भव हुन्छ ।

आपसी प्रेम रहेन भने सम्बन्धमा विष घोलिन पुग्छ । तपाईले आफूमा खराब बानी देख्न, हानिकारक परिवर्तन भएको पाउन तथा पथभ्रटताको लक्षण भेट्टाउन थाल्नुभयो भने बुझ्नुपर्छ- यो श्रीमतीले आफूलाई गरेको उपेक्षा एवं आफूप्रति उनको उदासीन व्यवहारका कारण भएको हो ।

तपाइलाई कुनै पनि योजनामा सामेल नगराउनु

तपाईंहरू श्रीमान्-श्रीमती त हुनुहुन्छ र दुवै मिलेर केही बनाउनुहुन्छ । तर, तपाईंको सन्दर्भमा तपाईंकी श्रीमतीले योजनामा तपाईंलाई सहभागी गराउँदिनन्, उपेक्षा गर्छिन् भने बुझ्नुहोस्-उनी तपाईंसँग समय बिताउन चाहँदिनन् । उनी तपाईं र तपाईंसँग जोडिएका हरेक कुराप्रति वास्ता गर्दिनन्, जब कि दम्पतीका रूपमा दुई शरीर एक प्राण हुनपर्ने हो । असल दाम्पत्य जीवनमा दुवैले एकअर्काको ख्याल राख्नु आवश्यक छ तर श्रीमतीजी तपाईंसँग जोडिएका समस्त कुराप्रति विमुख हुन्छिन् भने त्यसको मतलब हुन्छ-अब तपाईंहरूको सम्बन्धमा प्रेम बाँकी छैन ।

तपाईको नजिककाहरूलाई वास्ता नगर्नु 

कसैले तपाईंलाई प्रेम गर्छ भने उसले तपाईनजिकका मित्र तथा आफन्तहरूलाई पनि प्रेम गर्छ । आफूले प्रेमपूर्ण व्यवहार गरी उनीहरूबाट पनि त्यस्तै अपेक्षा राखेका हुन्छ । तर तपाईंकी श्रीमतीले उनीहरूलाई वास्ता गर्दिनन् भने बुझ्नुपर्छ-उनी तपाईंसँग प्रेम गर्दिनन् ।

तपाईंसँग भन्दा अरूसँग राम्रो व्यवहार गर्नु

श्रीमान्का नाताले तपाईं श्रीमतीको प्रेम तथा हेरचाहको हकदार हुनुहुन्छ तर उनले तपाईंलाई भन्दा अरूलाई बढी राम्रो व्यवहार गर्छिन् भने- हुनसक्छ, अब तपाईप्रति उनको कुनै रुचि छैन ।

खास अवसरमा मात्र प्रेम दर्शाउनु

पहिले हरेक अवसरमा उपहार तथा मीठो कुराकानी गरेर प्रेम प्रकट गर्ने श्रीमतीले जन्मदिन, विवाहको वर्षगाँठजस्ता खास अवसरमा मात्र त्यसो गर्न थाल्नु भनेको तपाईप्रति उनमा पहिलेजस्तो प्रेम नरहेको संकेत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment