Comments Add Comment

मुन्दुम पदमार्गः जहाँ आँखैमा हिमाल टाँसिन्छ (फोटोफिचर)


पूर्वी नेपालका खोटाङ, भोजपुर, संखुवासभा र सोलुखुम्बु क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने हेतुले नयाँ पदमार्ग ‘मुन्दुम पदमार्ग’ एक्सप्लोर भएको छ । नेपाल पर्यटन बोर्ड, टान, टेम्के मैयुङपालिकाको सयुक्त प्रयासमा विज्ञ टोली सहितले सो पदमार्गको एक्सप्लोर भएको हो ।

एक्सप्लोर गरेको पदमार्ग भोजपुरको टेम्के मैयुङ गाउँपालिकाको चखेवा भञ्ज्याङबाट सुरु भएर धोत्रे भञ्ज्याङ, मैयुङ डाँडा, हाँसपोखरी, सातदोबाटो, रावाधाप, साल्पा भञ्ज्याङ हुँदै सिलिचुङ डाँडासम्म पुग्छ । जुन बाटो गयो त्यही बाटो फर्किंदा जम्मा ९ दिन पदयात्रा हुन्छ । र्फकने बेला मैयुङबाट सुन्तले हुँदै भोजपुर बजार पुगिन्छ ।

पदमार्गका चखेवा भञ्ज्याङ, धोत्रे र साल्पा भञ्ज्याङमा सामान्य खाना र बास सुविधा छ । त्यसैले हालका लागि यो क्षेत्रमा क्याम्पिङ ट्रेक गर्नु पर्ने देखिन्छ । पदयात्रा सुरु गरेर अघि बढ्दा बास बस्नका लागि चखेवा भञ्ज्याङ, धोत्रे भञ्ज्याङ, सातदोबाटे, रावाधामप, साल्पा भञ्ज्याङ उपयुक्त ठाउँ हुन् । त्यस्तै र्फकने बेला हयाकुले, मैयुङ डाँडा र भोजपुर बजारमा बास बस्नु पर्छ ।

पदमार्गमा किराती जीवनशैली, दूधकुण्ड (नुम्बुर)देखि सगरमाथा, मकालु, कुम्भकर्ण हुँदै कञ्चनजंघा समेत हिमालको लामो लर्कन देखिन्छ । पदमार्गको क्लाईमेक्स विन्दु सिलिचुङ (४,११५३ मिटर) बाट त यी हिमाल आँखैमा टाँसिन्छन् ।


साल्पा भञ्ज्याङबाट ४ घन्टा उकालो चढे सिलिचुङ पुगिन्छ । पदमार्गमा दिनको सामान्यतः ६ देखि ८ घन्टा हिँड्नु पर्छ ।

मुन्दुम पदमार्ग किन भनियो ? यो क्षेत्रमा किराती बस्ती छ । किरातीको वेद मुन्दुम हो । मौखिक ग्रन्थ मुन्दुममा किराती जीवनशैली र संस्कारको वर्णन पाइन्छ । फेरी अध्यक्ष, टेम्के, मैयुङ, साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन एवं विकास केन्द्रका अध्यक्ष रमेश राईले भने टेम्केदेखि मैयुङ भएर सिलिचुङसम्म मुन्दुमीहरुले तीर्थ यात्रा गर्ने पुरानो चलन छ । त्यही भएर हामीले यसलाई मुन्दुम पदमार्गका रुपमा नामाकारण गरेका हौ ।

उचाईका हिसाबले किशोर किशोरीदेखि बुढापाकासम्म हिँड्न सक्ने पदमार्ग हो मुन्दुम पदमार्ग ।

पद यात्राको टे्रल मार्किङ समेत गरिसकेका छौं । पदमार्गको लौरी डाँडा र सिलिचुङ डाँडामा पदमार्ग सुधार गर्नु पर्ने रहेको पदयात्रामा सहभागी एव हिमालयन म्याप हाउसका निर्देशक पवन शाक्यले बताए । उनले भने यो सरोकार निकाय सग सर सल्लाह गरेर चाँडै हामी मुन्दुम पदमार्गको नक्शा, पोष्टर र बुकलेट प्रकाशनको तयारीमा गरी रहेका छौं ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment