Comments Add Comment

एमाले-माओवादी संसदीय दलको संयुक्त बैठक बस्दै

२७ फागुन, काठमाडौं । पार्टी एकता प्रक्रियामा रहेका नेकपा एमाले र माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठक आइतबार बस्दैछ ।

दिउँसो साढे १२ बजेपछि बस्ने बैठकलाई एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले संयुक्त रुपमा सम्वोधन गर्नेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन लागेकाले दुवै दलका सांसदहरुलाई पक्षमा मत व्यक्त गर्न बैठकले निर्देश गर्ने माओवादीका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

एमालेका १२१ र माओवादी केन्द्रका ५३ सांसद छन् ।

दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कार्यसूची छ । ओलीको पक्षमा दुई तिहाइभन्दा बढी सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment