Comments Add Comment

गुड्दागुड्दै मोटरसाइकलमा आगो लाग्यो, चालक सकुशल

२७ फागुन, काभ्रे । अरनिको राजमार्गअन्तर्गत काभ्रेको बनेपा चारदोवाटोमा गुड्दागुड्दै मोटरसाइकलमा आगो लागेको छ । बा १९ प ३३२१ नम्बरको मोटरसाइकलमा आगो लागेको हो ।

मोटरसाइकल चालक दोलखाको सैलुङ गाउँपालिकाका सागर तामाङ भने सकुशल छन् । ‘ड्वाङ्ग आवाज आएर मोटरसाइकल लड्यो र ह्वारह्वार्ती आगो बल्यो,’ उनले भने ।

बीच सडकमै मोटरसाइकलमा आगो दन्किएपछि केहीबेर सो सडकमा यातायात आवागमन बन्द भएको छ । आगो निभाउन दमकलको प्रयोग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment