+
+
Shares

पहिलो पटक दौरा सुरुवाल लगाएर महराको शपथग्रहण

संसद बैठक सन्चालन गर्दा पनि औपचारिक पोशाक लगाउन दबाव

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २७ गते ११:२६

२७ फागुन, काठमाडौं । सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट महराले आइतबार शीतल निवासमा सभामुख पदको शपथग्रहण गरेका हुन् ।

शपथग्रहण गर्न महरा दौरा सुरुवाल लगाएर शीतल निवास पुगेका थिए । माओवादी शान्ति प्रक्रियामा आएदेखि लगातार मन्त्री र सांसद भएका महराले यसअघि कहिल्यै पनि शपथग्रहणमा समेत दौरा सुरुवाल लगाएका थिएनन् ।

सभामुख जस्तो संवैधानिक पदमा पुगेपछि मर्यादित पोशाक लगाउनुपर्छ भन्ने अन्य नेताहरुको पनि दबाव आएपछि महराले दौरा सुरुवाल, खरानी रंगको कोट, स्वीटर र भादगाउँले कालोटोपी लगाएका हुन् ।

सभामुख महरामाथि प्रतिनिधिसभाको बैठक सन्चालन गर्दा पनि औपचारिक पोशाक लगाउन दबाव परेको छ । माओवादीबाट दुईजना नेता प्रचण्ड र बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पनि दौरा सुरुवाल लगाएनन् ।

संवैधानिक पदमा पुगेपछि नन्दबहादुर पुनले भने उपराष्ट्रपति भएपछि दौरा सुरुवाल लगाउने परम्परा बसाएकोमा महराले निरन्तरता दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?