+
+
Shares

बायाँको सट्टा दायाँ घुँडाको शल्यक्रिया गर्ने नर्भिकका दुर्इ चिकित्सक निलम्बित

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २७ गते १२:०२

२७ फागुन, काठमाडौं । बायाँको सट्टा दायाँ घुँडाको शल्यक्रिया गर्ने नर्भिक अस्पतालका चिकित्सकहरुलाई नेपाल मेडिकल काउन्सिलले निलम्बन गरेको छ ।

नेपाल मेडिकल काउन्सिलको गत फागुन २३ गते बसेको बोर्डको पूर्ण वैठकले नर्भिक अस्पतालका चिकित्सकद्वय डा. शैलेश रञ्जितकार तथा प्रविण नेपाललाई एक महिनाको लागि निलम्वन गर्ने निर्णय गरेेको हो ।

नेपाल मेडिकल काउन्सिलको इथिकल कमिटीले गरेको छानबिनका क्रममा चिकित्सकद्धय नेपाल तथा रञ्जितकारले चितवनकी ३२ वर्षीया विन्दु पौडेलको बायाँ घुँडाको शल्यक्रिया गर्नुपर्नेमा दायाँ घुँडाको शल्यक्रिया गरेको पाएपछि दुवै चिकित्सकलाई काउन्सिलले एक महिनाका लागि मेडिकल प्राक्टिस गर्न नपाउने गरी निलम्बन गरेको हो ।

‘उक्त विषय छानबिनकै क्रममा रहेकाले हाललाई केही समयका लागि निलम्बन गरेका मात्र हौ । खासमा भएको के थियो भन्ने रिपोर्ट बेलुकीसम्म हामीलाई प्राप्त हुनेछ ।’ काउन्सिलका उपाध्यक्ष डा. ढुण्डीराज पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?