Comments Add Comment

साउदीको जेद्दामा भलिबल प्रतियोगिता, अल्मराई कम्पनी विजयी

११ मार्च, जेद्दा । गैरआवासीय नेपाली संघ, पश्चिम क्षेत्रीय समन्वय समिति जेद्दा, साउदीको आयोजनामा ९ मार्च शुक्रबार सम्पन्न ‘खुल्ला नकाउट पुरुष भलिबल प्रतियोगिता-२०१८’ सम्पन्न भएको छ ।

१६ वटा नेपाली समूहवीच सम्पन्न अत्यन्तै रोचक तथा कडा प्रतिस्पर्धात्मक भलिबल प्रतियोगितामा अल्मराइ बेकरी कम्पनी विजयी भएको छ ।

मार्च ९ को मध्यान्ह १२ बजेदेखि मार्च १० को बिहान २ बजेसम्म आयोजना भएको प्रतियोगिता साउदी जेद्दा शहरको स्पनिश स्कुल फुटबल ग्राउन्डमा भएको थियो ।

उल्लेख्य दर्शकवीच भएको खुल्ला भलिबल प्रतियोगिताको फाइनलमा अल्मराइ बेकरी टिम र जेद्दा स्वतन्त्र टिम पुगेका थिए । बिजेता टिम अल्मराइ बेकरीले नगद साउदी रियाल १ हजार ८ आठ सयसहित प्रमाणपत्र ,मेडल र कप प्राप्त गरेको छ भने उपबिजेता जेद्दा स्वतन्त्र समूहले नगद १ हजारसहित प्रमाणपत्र, मेडल र कप प्राप्त गरेको एनआरएन जेद्दा क्षेत्रीय सचिव चेतनाथ निरौलाले जानकारी दिए । निरौलाका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडी गणेश गुरुङ घोषित भएका छन् ।

उक्त खुल्ला भलिबल प्रतियोगिताको बिजेता, उपबिजेता तथा उत्कृष्ट खेलाडीलाई प्रमुख अतिथि नेपाली दूतावास जेद्दा साउदीका महावाणिज्यदुत रेवती रमण पौडेलद्वारा पुरस्कार बितरण गरेका थिए ।

प्रवासको ब्यस्ततावीच भलिबल प्रतियोगिता आयोजना गरेर नेपालीहरुलाई अनुशासन र सदाचार र शारीरिक स्वस्थ राख्ने वातावरण सिर्जना गरेको भन्दै प्रमुख अतिथि पौडेलले आयोजक, खेलाडी तथा दर्शकहरुलाई पनि धन्यवाद प्रकट गरेको एनआरएन जेद्दाका सचिव निरौलाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment