Comments Add Comment

१६ केजी अवैध चाँदीसहित दुई जना पक्राउ


२८ फागुन, काठमाडौं । महानगरीय प्रहरी वृत्त, जनसेवाको टोलीले १६ किलो २५० ग्राम अवैध चाँदीको गहनासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज–२, श्रीमराम हल नजिक घर भइ काठमाडौंको नागार्जुन बस्दै आएका ४० वर्षीय सुरेश सर्राफ र उनीसँगै रहेका वीरगञ्ज–३ का ३० वर्षीय कृष्णा सर्राफ छन् ।

प्रहरीका अनुसार काठमाडौं–२३, झोछेमा अवैध सुनचाँदीको कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा अप्रेशन चलाउँदा उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट ९८ हजार ५ सय रुपैयाँ समेत बरामद भएको छ । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment