Comments Add Comment

आँखा झिम्क्याएरै हिट प्रिया एउटा पोष्टको ८ लाख लिन्छिन्


आँखा झिम्क्याएरै प्रख्यात भएकी मलयालम नायिका प्रिया प्रकाश वारियरका अहिले इन्स्टाग्राममा ५० लाखभन्दा धेरै फलोअर्स छन् । अहिले आफ्ना तीनै फलोअर्स उनको कमाईको माध्यम बनेका छन् ।

फलोअर्स धेरै भएकै कारण केही अन्तर्राष्ट्रिय ब्राण्डले उनलाई पत्याएका छन् । उनी कुनै पनि ब्राण्ड प्रमोट गर्दा एक पटकको आठ लाख रुपैंया लिन्छिन् । सामाजिक सञ्जालमा ब्राण्ड पोस्ट गरेर धेरै पारिश्रमिक लिनेमा उनी अग्रपंतिमा छिन् । केही ब्राण्डले प्रियासँग विज्ञापनको प्रपोजल लिएर गएका छन् ।

बलिउड नायिका सोनाक्षी सिन्हा एउटा पोस्टको पाँच लाख लिन्छिन् भने क्रिकेटर युवराज सिंहले पनि पाँच लाख लिँदै आएका छन् । प्रियंका चोपडा र शाहिद कपुरले भने एउटा पोस्टको १२ लाख लिने गरेका छन् ।

प्रियाप्रकाश नयाँ कलाकार हुन् । उनले अभिनय गरेको मलयालम फिल्म ‘ओरु अदार लभ’ रिलिज हुनै बाँकी छ । एक दक्षिण भारतीय अनलाइनले उल्लेख गरे अनुसार प्रियाले आफ्नो पारिश्रमिक दुई करोड भारु पुर्‍याएकी छिन् । अभिनेता निखिल सिद्धार्थले नयाँ मुभीका लागि प्रस्ताव राख्दा उनले दुई करोड पारिश्रमिक मागेकी थिईन् ।

त्यसो त उनी एउटा बलिउड फिल्मका लागि अनुवन्ध भइसकेको समाचार पनि आएको छ । समाचारअनुसार उनी रोहित सेट्टी निर्देशिक फिल्म ‘सिम्बा’ का लागि अनुवन्धित भएकी हुन् । यो फिल्ममा उनी रणवीर सिंहको अपोजिटमा रहनेछिन् । फिल्ममा प्रियाप्रकाशको रोल खासै लामो नभएको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment