Comments Add Comment

‘नेप्टे’मा भिलेन बने दयाहाङ, रोहित र वुद्धिसँग यस्तो द्धन्द्ध(भिडियो)


चैत्र ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘नेप्टे’को ट्रेलर काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । आर. रोशनी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रमा दयाहाङ राई, रोहित रुम्बा, वुद्धि तामाङ, अर्जुन गुरुङ, छुल्ठिम गुरुङ, पूर्णिमा लामा, प्रनिशा सिलवाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

रोहित रुम्बाकै लगानीमा बनेको चलचित्रलाई देबकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा नायक दयाहाङ राई पहिलो पटक खलनायकको भूमिकामा देखिएका छन् । चलचित्र भित्र दयासँग रोहित र वुद्धिको द्धन्द्ध देखाइएको छ । चलचित्रको ट्रेलरलाई पूर्ण रुपमा कमेडी शैलीमा तयार पारिएको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै नायक तथा निर्माता रोहित रुम्बाले कमेडी कथामा रमाइलो चलचित्र बनाएको बताए । उनले, चलचित्रमा दयाहाङ राई खलपात्रको भूमिकामा रहेकाले कुनै पनि गीतमा नदेखिएको स्पष्ट पारे । यस्तै, नायिका छुल्ठिम गुरुङले यो चलचित्रको कथा असाध्यै मन परेकाले काम गरेको बताइन् । अर्का, कलाकार वुद्धि तामाङले चलचित्रमा एक्सन गर्दा गाह्रो भएपनि रमाइलो भएको बताए ।

चलचित्रमा रोहितकै कथा, किरण माइकल घिमिरेको पटकथा तथा संवाद, हरि लामा घलेको छायांकन, तारा थापाको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, बाबु बोगटी, सन्तोष राज र रोहित रुम्बाको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment