Comments Add Comment

एक्काको आयोजनामा सिड्नीमा शैक्षिक परामर्श मेला हुने

१३ मार्च, सिड्नी । अष्ट्रेलियन एजुकेशन कन्सलटेन्ट एलाइन्स (एक्का) को आयोजनामा सिड्नीमा शैक्षिक परामर्श मेला हुने भएको छ ।

आगामी अप्रील २० तारिखका दिन एक दिने बृहत एक्का एजुकेशन एण्ड माइग्रेशन फेयर २०१८ को आयोजना गर्न लागिएको एक्काले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

कार्यक्रममा सिड्नीमा रहेका शैक्षिक परामर्शदता, विद्यार्थी र यससँग जोडिएका बीमा, रोजगारदाता तथा कलेज र विश्वविद्यालयका प्रतिनिधिहरु एकै ठाउँमा जम्मा हुने एक्काका अध्यक्ष निरज श्रेष्ठले जानकारी दिए ।

टाउनहलको रिजेज होटलमा आयोजना हुने मेलामा २० देखि २५ वटा स्टल रहने छन् । त्यसमा विविध विषयमा आवश्यक पर्ने परामर्श दिइने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

कार्यक्रममा एजुकेशन र माइग्रेशनसँगै यस पटक बीमा कम्पनी, रोजगारदाता तथा नेपाली नियोगका प्रतिनिधिहरु समेतको सहभागिता रहने छ ।

आयोजक एक्काले अस्ट्रेलियास्थित नेपाली दूतावास, महावाणिज्यदूत र एनएसडब्लु राज्यका सरकारी प्रतिनिधिहरुलाई अतिथीका रुपमा निम्ता पठाएको छ ।

अहिले अस्ट्रेलियन शैक्षिक तथा अध्यागमनमा नीति र नियम परिवर्तन भइरहेको सन्दर्भमा यस्ता मेलाले विद्यार्थीहरुलाई भविष्यमा बाटो रोज्न मद्दत पुग्ने विश्वास लिइएको अध्यक्ष श्रेष्ठले बताए ।

एक्का शैक्षिक परामर्शदाताहरुको साझा संस्था भएकोले पनि आफ्नो भूमिका र दायित्व पूरा गर्न यो कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए ।

यसअघि पनि एक्काले नेपालमा गत जुलाई महिनामा यस्तै शैक्षिक मेला आयोजना गरेर अस्ट्रेलियामा उच्च अध्ययनमा आउने नेपाली विद्यार्थीहरुलाई परामर्श प्रदान गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment