२९ फागुन, धनकुटा । धरानबाट स्काभेटर लिएर धनकुटा आउँदै गरेको ट्रक दुर्घटनामा परेर मंगलबार दुईजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् ।
साँगुरीगढी गाउँपालिका–९ कोशी राजमार्गस्थित घण्टेमा ना५ख १९३६ नंं को ट्रक सडकमा पल्टिँदा सडक विभागका दुई कर्मचारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दिए ।
मृत्यु हुनेमा साँगुरीगढी गाउँपालिका– ७ का रामजीत राई र सोही ठाउँका कावीरबहादुर राई रहेका छन् ।
ट्रक चालक रामेछाप मन्थली नगरपालिका-७ का ४५ वर्षीय देवकुमार लामा, सहचालक मकवानपुरका २० वर्षीय समन तामाङ, बागमती गाउँपालिकाका राजेश घिमिरे र घादिङका रमेश भण्डारी घाइते भएका छन् ।
घाइतेहरूलार्इ उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4