+
+
Shares

व्यवसायीमाथि गोली प्रहारको बिरोधमा भैरहवा बजार बन्द

'सुरक्षाको माग गर्दै प्रशासनमा ब्यबसायीको ज्ञापनपत्र ’

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २९ गते १६:०७

२९ फागुन, रुपन्देही । व्यवसायीमाथि सोमबार राति गोली प्रहार भएको बिरोधमा भैरहवा बजार बन्द गरिएको छ ।

ब्यबसायीहरुले प्रहरीले उल्टो पीडितलाई केरकार पारेको भन्दै बिरोधमा भैरहवा बजार बन्द गरेका हुन् ।

व्यवसायीहरुले मंगलबार बजार बन्द गरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका नवनिर्बाचित कार्यसमिति सदस्य हरिष सेठियामाथि सोमबार राति गोलि प्रहार भएको थियो । उनी सकुशल रहेका छन् ।

प्रहरीले पीडितलाई थप दुःख दिएको तथा चोरी डकैती बढेको भन्दै संघले मंगलबार भैरहवा बजार बन्द आह्वान गरेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले बताए ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका २ जनाको समूहले सेठियालाई गोली प्रहार गरेका थिए ।

प्रहरीले तत्काल स्थानीयको सहयोगमा अगाडिको भागमा ७८६ र पछाडिको भागमा यूपी५६इ ४१४९ नम्बर प्लेट भएको मोटरसाइकल, एक थान घरेलु कटुवा पेस्तोल,फायर भएको खोका, एक थान गोली, सामसुङ मोबाइल डायरीसहित भारत महाराजगंज थाना कोतवाली मोनजोत ग्राम पञ्चायत नौतनवाका ४६ वर्षीय रामजान मुसलमानलाई प्रहरीले पक्राउ गरिएको छ । अर्का एक जना भने फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?