+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

‘राष्ट्रपतिले राजाले छाडेको जुत्तामा खुट्टा हाल्न चाहेको जस्तो लाग्यो’

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २९ गते १७:४६

२९ फागुन, काठमाडौं । संघीय सांसद मात्र होइन, प्रदेशसभाका संसदहरुले पनि लाइन लागेर राष्ट्रपतिलाई मत दिए ।

तर, त्यहाँ चुनावको रौनक थिएन । राष्ट्रपतिका उम्मेदवारले मतदातासँग मत मागेको दृश्य देख्न पाइएन ।

राष्ट्रपतिका लागि कांग्रेस उम्मदेवार कुमारी लक्ष्मी राई पूर्वसांसद हुन् । उनी मतदान स्थलमा देखिएकी थिइन् । तर, अर्का उम्मेदवार विद्यादेवी भण्डारीले मतदान स्थल पुगिन् न कसैसँग मलाइ मत दिनुस् भनेर मागिन् ।

उनी बहालवाला राष्ट्रपति हुन् । त्यसैले पनि उनलाई प्रतिस्पर्धी उम्मेदवारलाई जस्तो मतदाता माझ जान सहज थिएन ।

त्योसँगै वाम गठबन्धनको प्रष्ट बहुमत छ, एमाले र माओवादीले मत हाल्न भनिसकेका छन्, त्यसैले उनले मत माग्नै परेन ।

अरुलाई के लाग्यो थाहा छैन ? तर, कांग्रेस सांसद गगन थापाले भने सार्वभौम मतदाताको अनुभव गर्न नपाएको बताएका छन् ।

‘यसअघिका चुनावमा मत माग्दै आउनुहुन्थ्यो । हात जोड्दै मत मागेको देख्दा मतदाताको सार्वभौम अधिकार प्रयोग गर्न लागेको जस्तो लाग्थ्यो’ मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले भने, ‘राष्ट्रपति भएका हुनाले हामी जनताका प्रतिनिधिका बीचमा आउन नहुने अवस्था छ । त्यसैले राष्ट्रपति भन्दा पनि राजसंस्थाको निरन्तरताको अभ्यास गर्न खोजेको भन्ने लाग्यो ।’

साथै विगतका अभ्यासले राष्ट्रपति भनेको राजाले छाडेपछि खाली भएको ठाउँ भर्ने भन्ने जस्तो देखिएको उनले बताए । बाटोको सवारीदेखि तामझामको लोभ, सार्वजनिक कार्यक्रममा सहभागिता छनोट सबैले त्यस्तो लागेको थापाले सुनाए ।

पूर्वराष्ट्रपति रामवरण यादवको नाम नलिई उनले भने, ‘पूर्वराष्ट्रपति सामान्य जीवनमा फर्किनुपर्छ । पूर्वराष्ट्रपतिलाई अस्पतालमा उपचार गरिरहेको देख्यो भने बल्ल नागरिकलाई गणतन्त्र आएको महसुस हुन्छ ।’

नयाँ राष्ट्रपति यसबाट मुक्त हुनुपर्ने उनले बताए । सांसद थापाले भने, ‘राष्ट्रपतिले कताकता राजाले छाडेको जुत्तामा खुट्टा हालेर ठाउँ भर्न चाहेको जस्तो पाएका छौं । यो बाट आफूलाई बाहिर निकाल्न सक्नुपर्छ ।’

राष्ट्रियसभा सदस्यको मनोनयनमा राष्ट्रपति भण्डारीले सरकारको सम्वन्धका सन्दर्भमा दलगत आस्थाका आधारमा व्यवहार गरेको देखिएको उनले बताए ।

थापाले भने, ‘अब उहाँको अगाडि चुनौती छ, बहुमत भएको दलको प्रतिनिधित्व गर्दै राष्ट्रपति बन्दै हुनुहुन्छ । अस्तिको तीतो अनुभवले निष्पक्ष भूमिका निर्वाह गर्न सक्नुहोला र भन्ने आशंका बोकेर राष्ट्रपतिलाई स्वागत गर्नुपर्ने अवस्था छ । उहाँको भूमिका निर्धारण गर्छ, सबैको राष्ट्रपति बन्न सक्नुहुन्छ कि हुन्न ?’

नयाँ राष्ट्रपतिले संविधानले दिएको भूमिका निर्वाह गर्नुपर्ने र समाजलाई जरादेखि नै हल्लाउन सक्ने सामाजिक आन्दोलनलाई अघि बढाउन मद्दत गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?