Comments Add Comment

गृह मन्त्रालयका प्रवक्ता फेरिए

३० फागुन, काठमाडौं । गृह मन्त्रालयका प्रवक्ता फेरिएका छन् ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक रहेका रामकृष्ण सुवेदीलाई गृह प्रवक्ता नियुक्त गरिएको हो ।

सुवेदीले बुधबारदेखि नै गृह मन्त्रालय अन्तर्गतको शान्ति सुरक्षा महाशाखाको प्रमुख तथा प्रवक्ताको जिम्मेवारी सम्हालिसकेका छन् ।

यसअघिका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीलाई मन्त्रालयको नीति तथा योजना महाशाखामा सरुवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment