+
+
Shares

चैत्रमा काभ्रे सहकारी महोत्सव हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ३० गते १४:४८

३० फागुन, काभ्रे । काभ्रेमा आगामी चैत्र २७ गतेबाट सहकारी महोत्सव हुने भएको छ । ‘सम्बृद्ध काभ्रेको पहिचान, घरघरमा सहकारीअभियान’ भन्ने नाराका साथ काभ्रेको बनेपामा चैत्र २७ गतेदेखि चैत्र २९ गतेसम्म सहकारी महोत्सव हुन लागेको हो ।

सहकारीहरुको छाता संगठन जिल्ला सहकारी संघले बुधबार बनेपामा पत्रकार सम्मेलन गर्दै स्थापनको ५० औं वर्ष पुगेको उपलक्ष्यमा महोत्सव गर्न लागिएको आयोजकले बताएको छ ।

‘काभ्रे एउटा कृषि उत्पादनको मुख्य भूमि पनि हो, हामी सहकारीहरुलाइ कृषि योग्य, उत्पादन मुलक क्षेत्रमा लगानी गर्नका लागि यो महोत्सवबाट झनै आकर्षण गराउँने छौं,’ जिल्ला सहकारी संघका अध्यक्ष विनोदप्रसाद पराजुलीले भने,’ जिल्लाका सहरी मात्रै होइन् ग्रामीण भेगमा पनि सहकारीको प्रभावकारिता बढाउने छौं ।’

महोत्सवमा सहकारी झांकी, बृहत र्‍याली प्रर्दशनी, काभ्रे सहकारी स्वर्ण महोत्सव पुस्तक बिमोचन, सहकारी भवन शिलान्यास, ‘दिगो बिकास लक्ष्य प्राप्तिका लागि सहकारी’,’स्थानीय तह र सहकारी क्षेत्र’,’सहकारी मार्फत उद्यमशिलताको विकास’,’सहकारीमा युवा सहभागिता’,’सहकारीमा सूचनाको हक, ‘, ‘सहकारीमा सम्पत्ति शुद्धिकरण’ र ‘सहकारी ऐन २०७४” लगायतका बिषयहरुमा विचार गोष्ठीहरु संचालन हुने जानकारी दिइएको छ ।

जिल्लामा हाल १४ सय ९५ वटा सहकारीहरु डिभिजन सहकारीमा आवद्ध रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?