+
+
Shares

प्रदेश राजधानीको सडकमा चौपायाको राज (फोटो फिचर)

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७४ फागुन ३० गते १५:०६


३० फाुगन, बुटवल । प्रदेश ५ को अस्थायी मुकाम बुटवल तोकिए पनि यसको सुन्दरता र व्यवस्थापनमा प्रदेश र स्थानीय सरकारको चासो देखिएको छैन ।

बुटवलका सडकमा सधैं छाडा चौपायाले सडक जाम गराउने र ट्राफिक ब्यवस्थापनलाई चुनौती दिए पनि कुनै निकायले यसतर्फ ध्यान दिएका छैनन् ।

बुटवलका फराकिला सडकहरु छाडा गाईवस्तुले कब्जा गर्ने गरेका छन् । बुटवल उपमहानगरपालिका,पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले गतवर्ष चौपाया नियन्त्रणका अभियान चलाएका थिए ।

तर सडकमा बाक्लो संख्यामा छाडा गाईवस्तु देखिदा उनीहरुले के नै पो गरेका छन् ? भन्ने प्रश्न सर्वत्र उठ्ने गरेको छ ।

बर्षेनी स्थानीय निकायले छाडा चौपायाको नियन्त्रणका लागि भन्दै लाखौं रकम विनियोजन गरे पनि यसको प्रभावकारिता शून्य छ ।

सवारी साधन र यात्रुहरु पनि छाडा चौपायाका कारण दुर्घटनाको शिकार बन्ने गरेका छन् ।

हेर्नुस् तस्वीरहरु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?