Comments Add Comment

बढी हयान्डसम भएको अभियोगमा एयरपोर्टका प्राविधिक दण्डित !

ह्यान्ड्सम देखिन को चाहँदैन ? तर, बढी  ह्यान्डसम भएकै कारण चीनमा एक विमानस्थल कर्मचारी कारवाहीमा परेका छन् ।

ती प्राविधिक कर्मचारी चीनको दक्षिणपूर्वी सियामेन एयरपोर्टको रनवेमा हिँडिरहेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो । अन बोर्ड रहेका एक प्यासेन्जरले उनलाई झ्यालबाट आफ्नो क्यामरामा कैद गरेका थिए ।

चीनको लोकप्रिय सर्टं भिडियो प्लेटर्फम ‘टिक टक’उनले सो भिडियो पोष्ट गरिदिए जसलाई छोटो समयमै १० लाख जनाले हेरे । धेरैले उनलाई साउथ कोरियन सुपरस्टार सोङ जुङ किसँग तुलना गरे ।

तर, यो खबर सुनेपछि ती प्राविधिकको कम्पनीले उनलाई १० प्रतिशत तलब कटौति गरिदिएको छ । भिडियोमा उनको लुगा रफ देखिएको तथा उनले गोजिमा हात हालेकाले यो कम्पनीको आचारसंहिता विपरीत हुँदा जरीवाना गरिएको कम्पनीको तर्क छ ।

‘भिडियोले यस कम्पनीको बारेमा नकारात्मक सन्देश दिएकाले जरिवाना गर्नैपर्ने देखियो,’ कम्पनीद्वारा जारी सूचनामा भनिएको छ ।
चीनको चर्चित माइक्रोब्लगिङ साइट वेइबोमा धेरैले कम्पनीको यो कदमको आलोचना गरेका छन् ।

एकजनाले लेखेका छन्, ‘म उनका निम्ति दुःखी छु । सायद अत्यधिक ह्यान्डसम देखिएकाले कारवाही खेप्ने उनी संसारकै पहिलो व्यक्ति हुनुपर्छ ।’

धेरैले उनको बोस आफ्ना कर्मचारी धेरै ह्यान्डसम देखिएकोमा जलेको टिप्पणी पनि गरेका छन् । कसैले चाहिँ कम्पनीको निर्णयलाई समर्थन गरेका छन् ।

कारबाही भोग्ने कर्मचारीले भने कम्पनीको निर्णयप्रति आफ्नो कुनै गुनासो नरहेको बताउँदै आफ्नो स्टाइल मन पराउनेहरुलाई धन्यवाद दिएका छन् ।

‘इमान्दारिताका साथ भन्नुपर्दा, म धेरै खुशी छु । किनकी छोटो समयमा प्रख्यात हुन सजिलो छैन । मेरो कम्पनीले केही गलत गरेको छैन । राम्रो ड्रेसमा अनुशासित भएर नहिँड्नु मेरै गल्ति थियो ।’ उनले लेखेका छन् ।

भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने व्यक्तिलाई गाली नगर्न पनि उनले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment