हुन त, कलाकार भैसकेपछि हरेक खालका भूमिकामा काम गर्नुपर्छ भनिन्छ । तर, चलचित्र क्षेत्रमा उदाउँदै गरेका कलाकार पाको भूमिका गर्न हिच्किचाउँछन् ।
नायकको रुपमा उदाउँदै गरेका कलाकारले नकारात्मक भूमिका गर्न नमानेजस्तै नायिकाहरुमा पनि यो कुरा लागू हुन्छ ।
नायिकाको अफर पाइरहेका धेरै सुन्दरीहरु भाउजु, दिदी वा आमाकोे भूमिका गर्न मान्दैनन् । नायिका वर्षा सिवाकोटीले पनि एक चलचित्रमा फूपूको भूमिकामा काम गर्न अस्वीकार गरेको वुझिएको छ ।
निर्देशक बिकासराज आचार्यले निर्देशन गर्न लागेको चलचित्र ‘नाई नभन्नु ल ५’ मा नायिका सिवाकोटीलाई फूपूको भूमिकामा अफर गरिएको थियो । यो चलचित्रमा उनी नायिका स्वस्तिमा खड्काकी फूपू बन्नु पर्ने थियो । तर, वर्षाले यो भूमिका स्वीकार गरिनन् । नायिका सिवाकोटी चलचित्र ‘नाई नभन्नु ल २’ बाटै यो क्षेत्रमा भित्रिएकी थिइन् । सो चलचित्रमा उनी प्रियंका कार्कीकी छोरी बनेकी थिइन् ।
स्वस्तिमाकी आमा बनेर काम गर्न नायिका प्रियंका कार्कीले स्विकार गर्दा वर्षाले भने फूपू बन्न अस्विकार गरिन् ।वर्षा अहिले एकपछि अर्को चलचित्रमा मुख्य नायिकाको रुपमा काम गरिरहेकी छिन् । यसैले, आफ्नै उमेरकी नायिका खड्काको फूपू बन्न उनलाई असहज लागेको हुनसक्छ ।
वर्षाले अस्वीकार गरेपछि निर्माण पक्ष अर्को हिरोइनको खोजीमा लागेको छ ।
प्रतिक्रिया 4