+
+
Shares

युएस बंगलाको काठमाडौं-ढाका उडान आजैदेखि बन्द

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १ गते १२:१४

१ चैत काठमाडौं । गत सोमबार विमान दुर्घटना भएपछि युएस बंगला एयरलाइन्सले ढाका-काठमाडौं उडान बन्द गरेको छ ।

विमान अभावका कारण काठमाडौं ढाका उडान विहीबारदेखि केही समयका लागि रोकेको युएस बंगलाले जनाएको छ ।

७१ जना सवार विमान २ दिनअघि मात्रै त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका ७१ जनामध्ये अहिलेसम्म ४९ जनाले ज्यान गुमाइसकेका छन् ।

नेपालस्थित युएस बंगलाका प्रतिनिधिका अनुसार विमान अभाव भएपछि करिब एक महिनाका लागि काठमाडौं ढाका उडान बन्द गरिएको हो ।

उपलब्ध भएको जहाजहरुमध्ये एउटा जहाज पनि परीक्षण (सी चेक) का लागि लानुपरेकाले काठमाडौं ढाका उडान बन्द गर्नुपरेको हो ।

बंगलादेशको सञ्चारमाध्यम डेली स्टारसँग कुराकानी गर्दै युएस बंगलाका महाप्रबन्धक कामरुल इस्लामले विमान अभावका कारण काठमाडौं ढाका बन्द गर्नुपरेको बताएका छन् ।

तर यस बारेमा त्रिभुवन विमानस्थललाई भने अहिलेसम्म कुनै जानकारी गराइएको छैन ।

विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुर भन्छन् ‘अहिलेसम्म हामीलाई उडान बन्द गर्ने बारेमा कुनै जानकारी आएको छैन, उडान बन्द गर्दा हामीलाई जानकारी गराउने प्रचलन छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?