Comments Add Comment

उपसभामुखमा पुष्पा भुसालले दिइन् उम्मेदवारी

१ चैत, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले उपसभामुखमा उम्मेदवारी लिएको छ । कांग्रेस सांसद पुष्पा भुसालले उम्मेदवार दर्ता गराएकी हुन् ।

अर्घाखाँचीकी भुसाल समानुपातिक सांसद हुन् । २०३६ सालमा नेवि संघबाट राजनीति सुरु गरेकी उनी पहिलो संविधानसभामा पनि सांसद थिइन् ।

उपसभामुखको उम्मेदवारी दर्ताका लागि दिउँसो २ बजेसम्मको समय तोकिएको छ ।

वाम गठबन्धनको भागवण्डामा एमालेको भागमा परेको छ तर, उसले उम्मेदवार टुंगो लगाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment