+
+
Shares

नेपालमा अब निजी कम्पनीका जागिरेलाई पनि पेन्सन !

सञ्चयकोषले ल्याउँदैछ पेन्सन स्किम

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १ गते २०:०१

१ चैत काठमाडौं । तपाईं निजी कम्पनीमा काम गर्नुहुन्छ र जागिर छाडेपछि पेन्सन पाइदैन भन्ने चिन्ता छ ? अब चिन्ता नगर्नुहोस् । निजी कम्पनीमा काम गर्ने कामदार र स्वरोजगारलाई समेत पेन्सन दिने व्यवस्था गर्दैछ, कर्मचारी सञ्चयकोषले ।

कर्मचारी सञ्चयकोषका दीपक रौनियारका अनुसार कोषले यो आर्थिक वर्षको अन्त्यबाट यो स्किम सुरुवात गर्नेछ । सञ्चयकोषको स्किमअनुसार जागिरको अवधिमा कोषमा जम्मा गरेको रकम ५५ वर्ष उमेर पुगेपछि पेन्सनको रुपमा लिन सकिनेछ ।

यस्तो रकम एकैपटक पनि निकाल्न मिल्ने रौनियार बताउँछन् । तर ५५ वर्ष पुग्नुअघि भने सञ्चयकर्ताले यस्तो रकम निकाल्न पाउँदैनन् ।

उनले भने ‘कति वर्ष सम्म पेन्सन खाने भनेर सञ्चयकर्ताले आफै घोषणा गर्नुपर्छ, बचत गरेको रकमको आधारमा पेन्सनको रकम तोकिनेछ । ‘

जागिरको अवधिमा कोषमा जम्मा गरेको रकम ५५ वर्ष उमेर पुगेपछि पेन्सनको रुपमा लिन सकिनेछ ।

५५ वर्ष नपुग्दै सदाका लागि देशबाहिर जानु परेमा भने कोषले रकम फिर्ता दिन्छ । त्यस्तै शारीरिक तथा मानसिक अपाङ्गता भएमा पनि ५५ वर्ष नपुगी रकम फिर्ता लिन सकिन्छ । यो बाहेक अन्य परिस्थतिमा भने ५५ वर्ष नपुगी रकम फिर्ता पाइदैन ।

सञ्चयकर्ताले बीचमा रकम सञ्चय गर्न सकेन भने त्यस्तो रकम पनि ५५ वर्ष पुगेपछि मात्रै निकाल्न पाउँछ । रौनियार भन्छन् ‘यो अन्तर्राष्ट्रिय नियम हो, किनकी पेन्सन स्किम लिएपछि रिटायरमेन्ट हुने उमेरसम्म पर्खनैपर्छ ।’

तर कति वर्षसम्म उमेर भएकाले यो स्कीम लिनसक्ने भन्नेबारेमा भने कोषले अहिलेसम्म टुंगो लगाउन सकेको छैन ।

‘६० वर्षमा अवकाश हुने गरेको भए पनि त्यसपछि पुनः अर्काे जागिर गरेर ६५ र ७० वर्षसम्म पनि कमाएको देखेका छौं, जसका कारण कति वर्षसम्मकालाई यस्तो स्किममा आवद्ध गराउने भन्नेबारेमा निर्णय गर्न सकेका छैनौं’ रौनियारले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?