Comments Add Comment

एक महिनाभित्र ३ कारागार सञ्चालनमा आउने

भूकम्पले क्षति पुर्याएको सिन्धुपाल्चोक कारागार ।

२ चैत , काठमाडौं । एक महिनाभित्र नेपालमा तीन कारागार सञ्चालनमा आउने भएका छन् । कारागार व्यवस्थापन विभागले दिएको जानकारीअनुसार सिन्धुपाल्चोक, पाल्पा र डोल्पा कारागार सञ्चालनमा आउन लागेको हो ।

विभागका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले भूकम्पबाट क्षति पुगेको सिन्धुपाल्चोकको एक हप्ताभित्र र पाल्पा र डोल्पाको नयाँ भवन एक महिनाभित्र सञ्चालनमा आउने जानकारी दिए । विसं २०७२ वैशाखको भूकम्पले भत्किएको सिन्धुपाल्चोक कारागार झण्डै तीन वर्षपछि निर्माण सम्पन्न हुन लागेको हो ।

‘कैदीबन्दीको संख्या बढेसँगै कारागारको संख्या थप गर्नुपरेको हो,’ उनले भने । भूकम्पले केही कारागार भत्किएको र केही कारागार नयाँ निर्माण हुने चरणमा रहेको उनको भनाइ थियो ।

नेपालमा हाल ७२ जिल्लामा ७४ कारागार रहेका छन् भने कैदीबन्दीको संख्या १८ हजार ५०० रहेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment