Comments Add Comment

थपिए तीन मन्त्रालय (सूचीसहित)

२ चैत, काठमाडौं । सत्तारुढ दलहरुबीच मन्त्रिपरिषदलाई पूर्णता दिनुअघि मन्त्रालय संख्या बढाउने सहमति भएको छ ।

अब तीन मन्त्रालय थपिएको छ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २१ मन्त्रालय पुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भए लगत्तै ३० वटा मन्त्रालय घटाएर १७ मा झारिएको थियो । तर, दलहरुको भागवण्डा मिलाउन फेरि मन्त्रालय थपिएको छ ।

जबकी उच्चस्तरीय समितिले प्रधानमन्त्री कार्यालयसहित १५ वटा मात्र मन्त्रालय राख्न सुझाएको थियो ।

मन्त्रिपरिषद् विस्तार अघि सत्तारुढ एमाले र माओवादीबीच तीन मन्त्रालय थप्ने सहमति भएको थियो । जसअनुसार शिक्षा, विज्ञान प्रविधि र युवा तथा खेलकुद मन्त्रालय फुटाइएको छ ।

अब शिक्षा, विज्ञान तथा प्रविधि अलग र युवा तथा खेलकुद मन्त्रालय भएका छन् । यस्तै खानेपानी तथा सहरी विकासलाई फुटाएर खानेपानी र सहरी विकासलाई अलगअलग मन्त्रालय बनाइएको छ । यस्तै श्रम, रोजगार तथा महिला, बालबालिका मन्त्रालयलाई पनि फुटाइएको छ । श्रम तथा रोजगार एउटा र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय बनेको छ ।

संविधानमा संघीय मन्त्रिपरिषद्मा बढीमा २५ सदस्यीय हुने प्रावधान छ । शुक्रबारको निर्णयले अब २० मन्त्री हुने भएका छन् भने बढीमा चार राज्यमन्त्री हुनसक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment