Comments Add Comment

मन्त्री छान्दै दलहरु, ४ बजे सपथको तयारी

२ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । आजको विस्तारमा संघीय समाजवादी फोरम पनि सहभागी हुनेछ ।

राष्ट्रिय जनता पार्टीलाई पनि सरकारमा ल्याउने एमाले प्रयास छ । तर, सरकारमा जानबारे राजपामा आन्तरिक विवाद त छँदैछ, माओवादी नेताहरुले पनि फोरमलाई मात्र सरकारमा ल्याउन प्रधानमन्त्री ओलीलाई दबाव दिइरहेका छन् ।

एमालेबाट को-को बन्दैछन् मन्त्री ?

एमालेले मन्त्रीहरुको नाम टुंगो लगाइएको छैन । सचिवद्धय प्रदीप ज्ञवाली, योगेश भट्टराईका साथै भानुभक्त ढकाल, रविन्द्र अधिकारी, छबिलाल विश्वकर्माको सम्भावना छ । यस्तै रघुवीर महासेठ, हृदयेश त्रिपाठी, प्रेम आले, शेरवहादुर तामाङ, बसन्त नेम्वाङ, गोकुल बास्कोटा, यज्ञराज सुनुवार लगायत पनि दावेदार हुन् ।

तर, व्यक्तिको बारेमा अहिलेसम्म छलफल नभएको ओली निकट एक नेताले बताए । व्यक्तिगत रुपमा वरिष्ठ नेता माधवकुमार नेपालले केही नाम दिएका छन् ।

एमाले स्थायी कमिटी बैठकले मन्त्री छान्ने जिम्मा अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई नै दिएको छ ।

एमालेबाट यसअघि चारजना मन्त्री भइसकेका छन् । १७ मन्त्रालय हुँदा एमालेले १० र माओवादी केन्द्रले ७ मन्त्रालय पाउने सहमति भएको थियो । तर संघीय समाजवादी फोरम र राजपा थपिदा कम्तिमा चार मन्त्रालय उनीहरुले पाउनेछन् ।

माओवादीबाट कोको मन्त्री बन्नेछन् ?

माओवादीबाट रामबहादुर थापा बादल गृहमन्त्री र मातृका यादव उद्योगमन्त्री भइसकेका छन् ।

आजको विस्तारमा वर्षमान पुन, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल र विना मगर पक्कापक्की जस्तै रहेको माओवादीका एक नेताले जानकारी दिए । विना प्रचण्डकी बुहारी समेत हुन् । जनार्दन शर्मा पनि मन्त्रीका दावेदार हुन् ।

माओवादीले मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको छ ।

दलहरूले मन्त्री छाने ४ बजे सपथ गराउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment