Comments Add Comment

टिका पुनले ल्याइन् नेपाल चिनाउने गीत

चर्चित लोक तथा लोहोरी गायिका टीका पुनको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । जुन गीतमा नेपाल चिनाइएको छ ।

गीतमा मेचिदेखि महाकालिसम्मको नेपालको भौगोलिक अवस्थास“गै पर्यटकीय स्थललाई समेटिएको छ ।

‘डोल्पा जाने रेल बाटो’ टाइटलको यो गीतमा नेपाललाई स्वीट्जर ल्याण्ड भन्दा पनि राम्रो भएको भन्दै चिनाइएको छ ।

नेपालमा राम्रा ठाउँ हुँदाहुँदै घुम्नका हंकङ, सिंगापुर लगायतका विदेशमा जाने गरेको भन्दै नेपालमै टूर गर्न सुझाव दिइएको छ । नेपालका सरगमाथाका बेस क्याम्प, खप्पतड, डोल्पा, जुम्ला, हुम्ला, मुस्ताङ, जोमसोम नै स्वर्ग भएको बताइएको छ ।

हिमाली रेल मार्गको परिकल्पना, जलविद्युत निर्माण, आन्तरिक पर्यटन प्रबद्धृन, युवालाई स्वदेशमै रोजगारी दिएर नेपाललाई समृद्ध बनाउनु पर्नेसुझाव गीतबाट दिइएको छ ।

पूर्वकाका मान्छेलाई पश्चिम र पश्चिमका मान्छेलाई पूर्वका ठाउ“ बारे कम मात्र जानकारी नहुने भएकोले एउटै गीतमा देशभरका महत्वपूर्ण ठाउ“लाई समेटिएको गायिका पुनले बताइन् ।

देशमा पर्यटनको ठूलो सम्भावना हु“दाहु“दै पनि प्रचार हुन नसकेकोले यो गीत ल्याइएको उनको भनाइ छ ।

यो गीतमा टीका पुन र कृष्ण रेउलेको स्वर र अभिनय रहेको छ भने लय शब्द कृष्ण रेउलेकै रेहेको छ ।

आशिष अविरलको एरेन्ज गरको गीतको भिडियो शंकर बिसीले निर्देशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment