Comments Add Comment

सामाजिक सञ्जालमा किन छैनन् रानी मुखर्जी ?

अचेल सेलिबि्रटीहरुलाई उनीहरुका फ्यानसँग जोडिने सबैभन्दा सहज र प्रभावकारी माध्यम बनेको छ सामाजिक सञ्जाल । हरेक सेलिबि्रटीले सामाजिक सञ्जालमा आफ्नो उल्लेख्य समय खर्चिरहेका हुन्छन् ।

तर बलिउडमा एक सेलिबि्रटी छिन् जसको सामाजिक सञ्जालमा उपस्थिति कतै भेटिँदैन । न फेसबुक, न टि्वटर न इन्स्टाग्राम, केहीमा पनि उनको खाता छैन । उनी हुन् अभिनेत्री रानी मुखर्जी ।

बच्चा जन्माएपछि लामो समयदेखि फिल्मबाट पनि टाढा रहेकी रानी चाँडै नयाँ फिल्म ‘हिच्की’ लिएर पुनरागमन गर्दैछिन् । यसै सन्दर्भमा भारतीय मिडियासँगको एक कुराकानीमा उनले आफू सामाजिक सञ्जालमा नरहनुको कारण खुलाइन् ।

रानीले भनिन्, ‘हो मेरो सोसल मिडियामा कुनै पनि अकाउन्ट छैन । म आफ्नो कामलाई जागिरको रुपमा लिन्छु । २४ सै घन्टा आफ्नो प्रोफेसनको बारेमा अपडेट गराएर बस्न सक्दिनँ ।’

उनी थप्छिन्, ‘म चाहन्छु कि आफ्नो काम चाँडै सिध्याउँ र आफ्नो घर जाउँ । अनि आफ्नो श्रीमान र छोरीसँग समय बिताउँ । बिहेभन्दा अगाडि पनि मेरो यही रुटिन थियो । काम सिध्याउने र घर गएर आमा-बुवासँग समय बिताउने ।’

आफ्नो आगामी फिल्म हिच्कीमा रानीले टुरेट सिन्ड्रोम भएकी एक शिक्षिकाको भूमिका निर्वाह गरेकी छिन् ।

यो फिल्म गर्नुको कारण खुलाउँदै रानी भन्छिन्, ‘मलाई सँधै इमोसनल भूमिकाले आकषिर्त गर्छन् । यही त्यो चिज हो जसले मेरा दर्शकहरुलाई बाँधेर राख्छ । हिच्कीमा पनि नैना माथुरको भूमिका एकदम इमोसनल छ र यसमा विशेष सन्देश पनि लुकेको छ । त्यसैले मैले यो फिल्म गरेकी हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment