५ चैत्र, काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले हालै जारी गरेको एफपीओ (नयाँ सेयर निष्कासन) पारेका लगानीकर्ताले पनि बोनस सेयर पाउने भएका छन् ।
‘एफपीओ बाँडफाँट भएसँगै सेयर धनि कायम हुने भएकोले बोनस सेयर उनीहरुले पनि पाउने छन, सेयर सूचीकरण नै हुन पर्दैन,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्यायले भने ।
तर, एफपीओ सूचीकरण नभएकोले बोनस सेयरको कारण बुक क्लोज अघि हुने मूल्य परिवर्तनबाट हुने सक्ने लाभ भने लगानीकर्ताले लिन नसक्ने भएका हुन् । लगानीकर्ताले लाभांश भन्दा बढि लाभ मूल्य परिर्वतनबाट पाउने देखेमा सेयर बिक्री गर्ने प्रवृत्ति रहेको छ ।
कम्पनीले गत पुस १९ गते एफपीओ निष्कासन बन्द गरेको थियो । माघ १८ मै कम्पनीले सेयर बाँडफाँट समेत गरिसकेको छ । हालसम्म एफपीओ सूचीकरण भने भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4