+
+
Shares

देउवा र पौडेललाई विश्वप्रकाशको सुझावः ह्वीस्की खाएर भएपनि पार्टी मिलाउनुहोस्

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ५ गते १३:५२

५ चैत, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई जसरी भए पनि पार्टी मिलाउन सुझाव दिएका छन् ।

आइतबार चितवनको एक कार्यक्रममा उनले देउवा र पौडेलका आगाडि शर्माले भने, ‘विहान चिया खाएर हुन्छ कि बेलुका हृवीस्की खाएर हुन्छ पार्टी मिलाउनुस् ।’

शर्माले यसो भनिरहँदा मञ्चमा बसेका देउवाले मुख बिगारे भने, पौडेल मुसुक्क हाँसे । हलमा भने ताली पडि्कयो ।

लगत्तै देउवाले कार्यक्रम सञ्चालक मार्फत शर्मालाई मन्तव्य छोट्याउन निर्देशन दिए । केही समय बोलेपछि शर्माले मन्तव्य अन्त्य गरे । उनले अब नविन कांग्रेस बनाउने बेला आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?