Comments Add Comment

मधुमेह, उच्च रक्तचापको रोगीलाई गुनिलो करेला

भनिन्छ, मौसमी सागसब्जी सेवन गर्नु स्वास्थ्यका लागि अनुकुल हुन्छ । अहिले बजारमा करेला देखिन थालिएको छ । करेला स्वादको हिसाबले तीतो, टर्रो हुन्छ । तर, स्वास्थ्यको हिसाबले उत्तिकै गुनिलो हुन्छ ।

पोषणको कुरा गर्ने हो भने, करेलामा पाइने प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, भिटामिन ए, बी, सी, आइरन, म्याग्नेसियन आदि जस्ता गुणहरूले गर्दा करेला स्वास्थ्यको लागि निकै लाभदायी मानिन्छ । करेलालाई प्राचीनकालदेखि नै आयुर्वेदको रुपमा लिइन्छ । त्यसैले पनि यसलाई स्वास्थ्यको लागि लाभदायी मानिन्छ ।

करेला खानुको फाइदहरू

-श्वास सम्बन्धी लाग्ने रोग जस्तै रुघाखोकी, दम आदिबाट बच्नको लागि करेला एक लाभदायी औषधि मानिन्छ । हरेक दिन खानासँग करेला खानाले राम्रो हुन्छ । कम्तीमा हप्तामा २/३ पटक तरकारीको रुपमा खायो भने पनि स्वास्थ्यको लागि राम्रो हुन्छ । विहान खाली पेटमा करेला र तुलसीको पातसँग पिसेर खानाले पनि शरीरको दुखाईमा कमी ल्याउँछ । दम भएको व्यक्तिले करेला तासेर वीना मसाला खानाले पनि फाइदा हुन्छ ।

-खराब खानपान र डि्रंकको कारण सबभन्दा पहिला कलेजोमा समस्या उत्पन्न गरेको हुन्छ । यसले कैयौ स्वास्थ्यमा खरावी ल्याएको हुन्छ । कलेजोको स्वास्थ्यको लागि हरेक दिन एक गिलास करेलाको जुस पिउदा राम्रो मानिन्छ ।

-शरीरमा पानीको कमी महशुस भएमा पनि १/२ गिलास पानीमा २ चम्चा करेलाको जुस मिसाएर खानाले पनि राम्रो हुन्छ ।

-करेलाले शरीरको इनर्जी पावर बढाउनुको साथै पानीमा उमालेर पिउनाले रोगसँग लड्ने क्षमता बढाउँछ । इन्सुलेशनको उचित मात्रामा नहुने हुनाले ब्लड सुगरको मात्रा बढेको हुन्छ जुन टाइप २ डायविटिजको लागि जिम्मेवारी मानिन्छ । टाइप २ डायविटिज रोगीको लागि करेलाको जुस एकदम फलदायी हुन्छ ।

-करेलाले मुटु सम्बन्धी हुने रोगबाट पनि बचाउँछ । करेलाले कोलस्ट्रोल लेभल नियन्त्रण गर्छ । जसले ब्कतचष्ह सही तरिकाले काम गरेको हुन्छ र हार्ट अट्याक हुन निकै कम गर्छ । ब्लड सुगर पनि कम गरेको हुन्छ ।

-करेलामा हुने एन्टिअक्साड शरीरमा भएको सबै विकार तत्वहरू बाहिर निकालेको हुन्छ । यसले पाचन प्रणाली पनि राम्रो बनाउँछ । करेला शरीरमा क्यालोरीका मात्रा पनि नियन्त्रण गरेको हुन्छ । करेलामा ८०/८५ प्रतिशत पानी हुने भएकोले शरीरको तौल घटाउन पनि मदत गरेको हुन्छ । करेलाको रसमा कागतीको रस पानीसँग मिलाएर पिउनाले शरीरको तौल घटाउन मदत गरेको हुन्छ ।

-उमेर बढेसँगै जोर्नीसँग सम्बन्धी विभिन्न रोगहरू लागेको हुन्छ । खुट्टाको जोर्नी दुख्ने, उठ्न बस्न समस्या हुने तथा भर्‍याङ चढ्न समस्या जस्ता समस्याको लागि पनि करेला एकदम उपयोगी खाना मानिन्छ ।

-महिलामा हेमोग्लोविनको समस्या बढी हुने गर्दछ । हुनत बजारमा धेरै प्रकारका औषधीहरू उपलब्ध छ तर आइरनले भरपुर मात्रामा भएको पौषिक तत्व भएको खाना खानाले फाइदा हुन्छ । करेलामा आइरनको मात्रा धेरै हुने हुनाले करेला खानाले रगतमा हेमोग्लोविनलाई नियन्त्रण गरेको हुन्छ साथै रगत सफा पनि बनाएको हुन्छ ।

-करेलाको हरदिन प्रयोगले छालामा चमक ल्याएको हुन्छ । छालामा हुने कयौं रोगहरू पनि निवारण गरेको हुन्छ । करेलाले रगत सफा राख्ने भएकोले अनुहारमा हुने दाग, डण्डिफोरको समस्या कमी ल्याउछ ।

-लामो घना र चमकदार कपालको लागि पनि करेला एकदम महत्वपुर्ण आहार हो । करेलाको जुस दहीसँग मिलाएर कपालमा लगाउने र १५-२० मिनेट पछि धुनाले कपालमा चम्किलोपन ल्याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment