Comments Add Comment

दाम्पत्य जीवन सुमधुर र ताजा राख्नका यी कुरा थाहा पाउनैपर्छ

बिवाहअघि र बिवाहपछि दम्पतीको सम्बन्ध एकनास रहँदैन । प्रेम बिवाहमा त अझ धेरै अन्तर हुन्छ । बिवाहअघिसम्म उनीहरुले जति कसिलो र रसिलो क्षण व्यतित गर्छन्, बिवाहपछि त्यो स्वत घट्छ । पारिवारिक जिम्मेवारी, बालबच्चा, करियर आदिको कारणले पनि उनीहरुको सम्बन्ध केही फिका हुनपुग्छ ।

बिवाहअघि धेरैले पारिवारिक जीवनको बारेमा सोचेका हुँदैनन् । पारिवारिक जिम्मेवारीलाई कसरी बहन गर्ने भन्ने योजना तय गरेका हुँदैनन् । जब त्यस्ता अभिभारा आइलाग्छ, उनीहरु हतास हुन्छन् । हच्किन्छन् । यसले दम्पतीको सम्बन्धमा केही न केही असर पार्छ ।

हामीले देखेका छौं, जीवनभर नछुट्ने बाचा गरेर बाँधिएका जोडीहरु पनि अलग हुन पुग्छन् । उनीहरुबीच बिचार मिल्दैन, व्यवहार मिल्दैन । पारिवारिक जीवनको तालमेल मिल्दैन । फलत उनीहरु अलग्गिने निर्णयमा पुग्छन् । यसले ति दुई दम्पतीलाई मात्र असर पर्दैन, उनीहरुको बालबच्चा, परिवार, इष्टमित्र, समाज सबैलाई असर पर्छ ।

खासमा बिवाहको आफ्नै विधी छ । संस्कार छ । मान्यता छ । बिधीपूर्वक बिवाह सम्पन्न गराउने क्रममा बिवाह के हो ? पति-पत्नीको सम्बन्ध कस्तो हुनुपर्छ ? कसरी सम्बन्ध टिकाउनुपर्छ ? के कस्ता दायित्व बहन गर्नुपर्छ भन्ने कुरा भनिएको हुन्छ । तर, दुलहा-दुलहीले यसलाई केवल कर्मकाण्डको रुपमा मात्र बुझ्छन्, गहिरो ढंगले आत्मासत गर्ने प्रयास गर्दैनन् । फलत बिवाहपछि पनि उनीहरुको सम्बन्ध खल्लो रहन्छ । विभिन्न उतारचढाव आउँछ । खटपट हुन्छ ।

तर, उक्त विधीलाई भित्रैदेखि मनन गर्ने हो भने सफल दाम्पत्यका लागि त्यसले थप सघाउ पुर्‍याउँछ ।

-सफल बिवाहको राज वास्तवमा एकअर्काको लागि धेरैभन्दा धेरै समय दिनु हो । पति-पत्नीले यदि एकअर्कासँग समय बिताउँछ भने, उनीहरुले आपसमा भावना बुझ्न सक्छन् । उनहिरुको सम्बन्ध बलियो हुन्छ ।

-बिवाहको अर्थ केवल शारीरिक सम्बन्ध स्थापित गर्न मात्र होइन, पति-पत्नीले आपसमा एकअर्काप्रति सौहार्दपूर्ण भाव राख्नु, एकअर्कालाई बुझ्नु र आपसी समस्याको सुल्याउनु जरुरी छ ।

-फरक पृष्टभूमीमा हुर्किएर आएका दुई महिला र पुरुषबीच कतिपय कुरामा तालमेल नमिल्न सक्छ । मतभेद हुनसक्छ । सोंच र शैलीमा एकरुपता नहुन सक्छ । यो एकदमै आम समस्या हो र स्वभाविक पनि । तर, यस्तो कुरालाई मनन गरेर एकअर्काको कमजोरी स्विकार्नुपर्छ । अर्काको कुरालाई पनि सम्मान गर्नुपर्छ ।

-एकअर्काको कामलाई महत्व दिनुपर्छ । त्यसको मर्मलाई बुझेर दुखसुख साझेदार गर्नुपर्छ ।

-केवल जिम्मेवारी निर्वाह गर्दैमा बिवाह सफल हुँदैन । एकअर्कासँग रमाइलो गर्नु, उत्साहित हुनु, रोमाञ्चक क्षणहरु विताउनुपर्छ । जस्तो कि, घुम्न जाने, डिनरमा लाने, फिल्म हेर्न जाने । यस्ता कुराले दाम्पत्य जीवनलाई सुखमय बनाउँछ ।

-सफल बिवाहको सबैभन्दा महत्वपूर्ण सर्त हो, आफ्ना पार्टनरलाई अरुसँग तुलना गरेर नहोच्याउने । अरुको अगाडि दुव्र्यवहार नगर्ने ।

-हरेक कुरामा आफ्नै मात्र भावना लाद्ने, आफुलाई केन्द्रमा राखेर निर्णयहरु गर्ने प्रवृत्तिले सम्बन्धमा फाटो ल्याउँछ ।

-शारीरिक सुखले सम्बन्धमा घनिष्ठता ल्याउँछ । तर, यो जरुरी छैन कि हरक्षण यौन सुखकै बारेमा चिन्तन गरौं । कहिले काहिँ शारीरिक सुखभन्दा इमोशनल अट्यामेन्ट पनि जरुरी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment