Comments Add Comment

इराकमा कसरी मारिएका थिए ३९ भारतीय नागरिक ?

मृतक भारतीयका अाफन्तहरू ।

७ चैत, काठमाडौं । इराकमा सन् २०१४ मा ४० भारतीय वेपत्ता भएका थिए । तीमध्ये ३९ को हत्या भएको पुष्टि गरिन् विदेश मन्त्री सुषमा स्वराजले ।

उनीहरुको पहिचान डिएनए परिक्षणको आधारमा भएको थियो । राज्यसभामा स्वराजले भनिन्, ‘सबै ३९ जना जिउँदो रहेनन् ।’

विदेशमन्त्री स्वराजका अनुसार चरमपन्थी संगठन आईएसआईएसद्वारा उनीहरु मारिएका थिए । तीमध्ये एकजना मुसलमानको भेषमा भाग्न सफल भएका थिए । भागेर बाँच्न सफल हरजीत मसीह हुन् । हरजीतका अनुसार ति भारतीय कामको खोजीमा त्यहाँ पुगेका थिए ।

मारिनेमध्ये ३१ जना पञ्जाबबाट, चार जना हिमाचल प्रदेशबाट र बाँकी बिहार र पश्चिम बंगालबाट गएका थिए । मारिएका सबै ब्यक्ति तारिक नुर अल हुदा कम्पनिमा काम गर्थे ।

त्यहाँबाट भाग्न सफल हरजीत मसीहले पञ्जाब आइपुगेपछि दावी गर्दै भने, ‘सबै भारतीयलाई आइएसका युवाहरुले गोली हानेर मारेका थिए । सन् २०१५ मा विदेशमन्त्री सुषमा स्वराजले हरजीतको दावीलाई गलत भनेकी थिइन् ।

इराकबाट भाग्न सफल हरजीत

चरमपन्थीले सन २०१४ मा ८० ब्यक्तिलाई अपहरण गरेका थिए जसमा ४० भारतीय र ४० बंगलादेशी नागरिक थिए ।

सन २०१७ मा वेपत्ता परिवारको परिवारको सदस्यसँग विदेशमन्त्री स्वराजले कुराकानी गरेकी थिइन् । कुराकानीका क्रममा विदेश राज्यमन्त्री विके सिंहसमेत उपस्थित थिए । त्यसपछि उनी इराकसमेत गएका थिए ।

इराकको दोस्रो ठूलो शहर मसुललाई सन् २०१४ मा इस्लामिक राज्य घोषणा गर्दै चरमपन्थी संगठनले कब्जा गरेका थिए । उक्त शहरलाई नियन्त्रणमा लिनका लागि इराकी सेना हजारौं सैनिक, कुर्द लडाकु, सुन्नी अरब आदिवासी र शिया बिद्रोही लडाकु र आईएसबीच भिडन्त भएको थियो ।

यस लडाईमा अमेरीकी वायुसेनाले पनि सघाएको थियो । चरमपन्थीले मुख्य सडकमा विशेष स्थान बनाएका थिए । सुरक्षाबल आउनेबित्तिकै देख्न सकियोस् भन्ने उनीहरुको चाहना थियो ।

लामो लडाइँपछि २०१७ मा इराकका प्रधानमन्त्री हैदर अल-अबादीले मुसललाई आईएसको कब्जावाट मुक्त भएको घोषणा गरेका थिए ।

युद्धको क्रममा मसुलमा धेरै क्षति भएको थियो । लाखौं नागरिक शहर छोडेर भागेका थिए । हजारौं मारिएका थिए ।

संयुक्त राष्ट्रसंघका अनुसार उक्त शहरलाई पुरानै ढाँचामा पुनर्निर्माण गर्न एक बिलियन भन्दा धेरै अमेरिकी डलर खर्च हुने अनुमान छ ।

पीउने पानी, बिजुली बन्द थिए भने स्कुल एवं अस्पताललाई पुनः सञ्चालन गर्न धेरै खर्च लागेको थियो ।

अन्तर्राष्ट्रिय शरणार्थी संस्थाले दिएको जानकारीअनुसार आठ लाखभन्दा धेरै नागरिक आफ्नो घर छाडेर भागेका थिए । यीमध्ये धेरैले नजिकैको क्याम्पमा शरण लिएका थिए । कतिपय ब्यक्ति आफ्नो साथीभाइ र नातेदारको घरमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment