+
+

रानी तलाउ पुनःनिर्माण शुरु

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ७ गते ६:०२

 

७ चैत, नेपालगञ्ज । वर्षौंदेखि जीर्ण नेपालगञ्ज वडा नं ८ स्थित ऐतिहासिक रानी तलाउको मंगलबारदेखि पुनःनिर्माण शुरु गरिएको छ ।

करीब डेढ दशकदेखि उपयोगविहीन रानीतलाउ पुनःनिर्माणको उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले शुभारम्भ गरे ।

उपमहानगरपालिकाको रु २२ लाख ७८ हजार लागतमा पन्त कन्स्ट्रक्सनमार्फत आगामी असार १५ सम्म पुनःनिर्माण सक्ने गरी सम्झौता गरिएको छ ।

तलाउको माटो सम्याउने, पर्खाल, क्यान्टिन निर्माण र मर्मत गरिने, दक्षिणतर्फ तीन साना भवन बनाइनाका साथै डिप बोरिङमार्फत नियमित पानीको व्यवस्था गरेर डुंगा सञ्चालनको व्यवस्था गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?