Comments Add Comment

मन्त्री विनाको दावीः मेलम्चीको पानी दशैंअघि नै काठमाडौंका घरघरमा

२५ दिनभित्र सुन्दरीजल आइपुग्ने दावी

७ चैत, काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले मेलम्ची खानेपानी दशैंअघि नै काठमाडौं उपत्यका भित्रका घरघरमा वितरण हुने बताएकी छन् ।

अबको २५ दिनभित्र मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा आइपुग्ने दावी गर्दै मन्त्री विनाले दशैअघिनै उपत्यकामा पानी वितरण गर्ने प्रतिबद्धता जनाएकी हुन् ।

काठमाडौंमा बुधबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले २५ दिन भित्र मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा आउने गरी पूर्वाधार निर्माणको काम सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको बताइन् ।

मंगलबार सिन्धुपाल्चोक पुगेर मन्त्री विनाले मेलम्ची खानेपानी निर्माण आयोजनाको कामलाई तीव्र गतिमा अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी थिइन् ।

स्थलगत निरीक्षणपछि २५ दिनभित्र मेलम्चीको पानी सुन्दरीजलमा आउने व्यवस्था गर्ने वचन प्राविधिक पक्षबाट आएको खानेपानी मन्त्री विनाको भनाइ छ

मन्त्री विनाले स्वच्छ पानी खान पाउने नागरिकको मौलिक अधिकारलाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता पनि व्यक्त गरिन् ।

यस्तै दुषित पानीका कारण हुने रोगलाई नियन्त्रण गर्न सरसफाइ योजनालाई अघि बढाउने

यो पनि पढ्नुस्

अायोजनाको अवस्था बुझ्न मेलम्ची पुगिन् खानेपानी मन्त्री विना 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment