Comments Add Comment

अब रोबोट ब्वाँसोले गर्नेछ खेतको सुरक्षा

खेतमा लगाएका बाली खाइदिएर नोक्सान पुर्याउने जंगली जनावरबाट बालीनाली जोगाउनका लागि अनेकन उपाय अपनाइन्छ । भारतमा हालै एकजना किसानले आफ्नो खेतको बाली खान आउने जीवजन्तुलाई तर्साउनका लागि खेतको छेउमा सन्नी लियोनीको भीमकाय तस्वीरसहितको पोष्टर लगाएको खबर सार्वजनिक भएको थियो ।

तर जापानको कुरा भने अलि बेग्लै छ । त्यहाँ किसानको बाली जोगाउनका लागि वैज्ञानिकहरुले यस्तो उपाय अपनाएका छन् जसलाई देख्दा मान्न कर लाग्छ कि जापानीहरुको दिमाग त कडा नै हो ।

रोबोट बनाउनमा सबैभन्दा अगाडि रहेका जापानी वैज्ञानिकहरुले यस्तो रोबोट जनावर बनाएका छन् जुन शौर्य उर्जाबाट चल्दछ र दिनरात बालीनालीको पहरा दिन्छ ।

त्यो रोबोट जनावर हेर्दा डरलाग्दो ब्वाँसो जस्तो देखिन्छ । यसका राता राता चम्किने आँखा तथा रगत बगेजस्ता देखिने डरलाग्दा दाह्राले साँच्चिकै बाली खान आउने जुनसुकै जीवजन्तुलाई तर्साउँदछ ।

यो रोबोट जनावरले विभिन्न खतरनाक जनावरको आवाज निकाल्नुका साथै आफ्नो टाउको १८० डिग्रीमा घुमाउन सक्दछ ।

यसको सेन्सर एरियामा कुनै हलचल पैदा हुने बित्तिकै वा कोही छिर्ने बित्तिकै यसले आवाज निकाल्न थाल्दछ । परीक्षणका क्रममा यो रोबोटसँग भालुलगायतका जंगली जनावर समेत डराएर भागेको देखिएको थियो ।

चाँडै नै यो रोबोट ब्वाँसोको व्यावसायिक उत्पादन गर्ने योजना जापानको छ । यसको मूल्य झण्डै ५ हजार डलर पर्ने बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment