Comments Add Comment

एसईई परीक्षा: ६४ वर्षीया वृद्धादेखि किशोर किशोरीसम्म (फोटो फिचर)

८ चैत, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा वृद्धवृद्धादेखि किशोर किशोरी पनि सहभागी भएका छन् । काठमाडौंमा ६४ वर्षीया वृद्धाले एसईई परीक्षा दिएकी छन् ।

६४ वर्षीया पार्वतीदेवी मलासीले शहीद शुक्र मावि बागबजार केन्द्रबाट परीक्षा दिएकी हुन् । उनको प्रवेशपत्रमा २०१० साल असार ५ गते जन्म मिति उल्लेख छ । उनी पद्मकन्या मावि डिल्लीबजारकी विद्यार्थी हुन् ।

बिहीबारबाट सुरु भएको एसईई परीक्षा चैत २० गते सकिने छ ।

परीक्षामा सातवटै प्रदेशबाट कुल चार लाख ८५ हजार ५ सय ८६ जना विद्यार्थी सहभागी छन् । नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ जना परीक्षार्थी छन् ।

 

पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षामा सहभागी विद्यार्थीहरुले शुक्रबार अनिवार्य नेपाली विषयको परीक्षा दिनेछन् ।

यस वर्षको एसईई परीक्षाका लागि ७७ वटै जिल्लामा १ हजार ९ सय ५६ केन्द्र तोकिएको छ । प्रदेश १ मा ८४ हजार २ सय ९०, प्रदेश २ मा ७० हजार ४ सय २, प्रदेश ३ मा सबैभन्दा बढी १ लाख ८२ हजार, प्रदेश ४ मा ४८ हजार ९ सय ५४, प्रदेश ५ मा ७९ हजार, कर्णाली प्रदेशमा ३८ हजार र प्रदेश ७ मा ५५ हजार परीक्षार्थी एसईईमा सहभागी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment