Comments Add Comment

मिनि एयर क्राफ्ट बनाउने सरोजलाई नगरपालिकाले ८० हजार दिने

९ चैत, चितवन । मिनी एयर क्राफ्ट (सानो प्लेन) बनाई उडाउने धोको संगालेका पूर्वी चितवनका चेपाङ यूवा, सरोजको सपना अन्ततः साकार हुने भएको छ ।

मिनी एयर क्राफ्ट बनाउन अपुग ८० हजार रकम राप्ती नगरपालिकाले सरोजलाई दिने निर्णय गरेको छ ।

नगरपालिकाको दोस्रो चौंमासिक समीक्षा बैंठकमै बोलाएर सरोजलाई सम्मान समेत गरिएको थियो ।

समीक्षा बैंठकले नै उनलाई ८० हजार रकम दिने निर्णय भएको उपमेयर इमानसिंह लामाले जानकारी दिए ।

मिनी एयर क्राफ्ट बनाइरहेका सरोजले आर्थिक अभाव भएपछि सरोजले प्यारा मोटर बनाएर फागुन ४ गते करिब ४० मिनेट आकाशमा उडाएका थिए ।

सरोजले सफल परीक्षण गरेपछि मिनी एयर क्राफ्ट बनाउने रकम जुटाउने स्थानीयहरु लागिपरेका थिए ।

नगरपालिकाले सरोजको अभियानलाई साथ नदिएको आवाज उठन थालेपछि राप्ती नगरपालिकाले सरोजको मिनी एयर क्राफ्ट बनाउन अपुग सबै रकम व्यहार्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत मिठाराम हुँमागाईले जानकारी दिए ।

‘शुक्रबार दोस्रो चौमासिक समीक्षा बैंठक चलिरहदा नै सरोजलाई बोलाएर सम्मान गरियो, बाँकी लाग्ने रकम मेयर उपमेयर ज्यूले दिने भन्नुभएको छ’ प्रमुख प्रशासकीय अधिकृत हुँमागाईले भने, ‘अब सरोजको बाँकी काम रोकिदैन ।’

नगरपालिकाकी मेयर प्रभा बरालले सरोज चेपाङको कामलाई अझैं प्रोत्साहान गर्न सहयोग गर्न लागिएको बताइन् । ‘उनी यहीका स्थानीय हुन, हामी स्थानीय तहका जनताका प्रतिनिधी हौं,’ मेयर बरालले भनिन्, ‘केही गर्न चाहाने र क्षमता भएका व्यक्तिलाई प्रोत्साहन गर्न नगरपालिकाले कन्जुस्याई गर्दैन, हामी सरोजको कामबाट प्रभावित छौं ।’

सरोजले प्यारामोटरको सफल परीक्षण गरेपछि उनलाई सहयोग गर्नेहरु बढ्न थालेका छन् । चितवनको एक नीजि फोब्स कलेजले मंगलवार सरोजको बाँकी अभियानलाई भन्दैं १० हजार सहयोग गरेको थियो ।

कक्षा ६ सम्म मात्रै अध्ययन गरेका सरोजले मिनि प्लेन निर्माणका लागि ५ लाख भन्दा खर्च गरिसकेका छन् ।

उनले तीन जना चढ्न मिल्ने गरी निर्माण थाल्ने बताएका छन् । औपचारीक शिक्षा कम भएपनि उनीसँग प्राविधिक ज्ञान भने छ ।

पढाइ छाडेर ग्यारेजमा काम गरेका सरोजले गाडी बनाउँदा बनाउँदै सानो प्लेन र हेलिकोप्टर बनाएर ब्याट्रिबाट उडाउँथे ।

अहिले निर्माण भैरहेको मिनि एयर क्राफ्ट निर्माण सकिँदा डेढ क्विन्टलको बन्ने सरोजले बताए । त्यसका लागि आवश्यक सामाग्री उनले नारायणगढ, बीरगञ्जबाट ल्याउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment