Comments Add Comment

‘मुख्यमन्त्रीले भन्दैमा प्रदेश ५ को राजधानी सर्दैन’

११ चैत, बुटवल । प्रमुख दलका नेताहरुले प्रदेश ५ को रानधानी बुटवलबाट नसर्ने दाबी गरेका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलले शनिबार प्रदेशको स्थायी राजधानी दाङ बनाउने बताएको भन्दै बुटवलमा बहस सुरु भएृको छ ।

तर, प्रदेश सरकारमा सहभागी दल माओवादी केन्द्रसँगै कांग्रेसका नेताहरुले राजधानी बुटवल नै हुने बताएका छन् ।

आइतबार आयोजित एक कार्यक्रममा कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले जो कोही जहाँ बोलेपनि प्रदेश राजधानी बुटवलबाट नसर्ने बताए ।

माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपानेले राजधानी सार्ने कुनै योजना नरहेको बताए । उनले अघि भने, ‘सदनमा दुई तिहाई बहुमत विना अहिलेको राजधानी कसैले सार्न सक्दैन नभए अहिलेका माननीयलाई जनता बनाउनुपर्छ ।’

कार्यक्रममा एमाले नेता नजिर मियाले कांग्रेसलाई सरकारमा सहभागी हुन आग्रह गरे । उनले विकास र समृद्धिका लागि सबै दल मिल्नुको जिकल्प नभएको बताए ।

नयाँ शक्ति पार्टीका नेता छन्द पन्थीले शक्तिको भरमा वामपन्थीले पेल्न खोजेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment