Comments Add Comment

अफगानिस्तानले जित्यो विश्वकप छनोटको उपाधि

११ चैत, काठमाडौं । वेष्ट इण्डिजलाई ७ विकेटले हराउँदै अफगानिस्तानले विश्वकप छनोटको उपाधि जितेको छ ।

जितका लागि वेष्टइण्डिजले २०७ रनको लक्ष्य दिएको थियो, जसलाई अफगानिस्तानले ४०.४ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । उसको सुरुवात राम्रो रहृयो ।

मोहम्मद शेहजादले गुलाबुदिन नाबीसँग ५८ रनको साझेदारी गरे । नाबी १४ रनमा आउट भए । तर, शेहजादले दोस्रो विकेटका लागि राहत शाहसँग ९० रनको साझेदारी गर्दै जितको आधार तयार पारे । शेहजाद ८४ रनमा आउट भए ।

तेस्रो विकेटका रुपमा शाह ५१ रन बनाएर आउट भए । तर, उनी आउट हुँदा अवलगानिस्तानलाई मात्र ३७ रन मात्र चाहिएको थिया, जुन समिउल्लाह सेनवारी र मोहम्मद नाबीले पुरा गरे । नाबी २७ र सेनवारी २० रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको वेष्टइण्डिजले अन्तिम बल खेल्नु अघि सबै विकेट गुमाएर २०४ रन बनाएको थियो । उसका रोभमन पावेलले ४४ रन बनाए ।

वेष्टइण्डिजलाई सस्तैमा समेट्ने क्रममा मुजिब उर रहमानले महत्वपूर्ण ४ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment